मलेशियाका शाही दम्पती कोरोना संक्रमित « Khabarhub

मलेशियाका शाही दम्पती कोरोना संक्रमित


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेशियाका राजा रानी कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानी टुङ्कु अजिजा अमिना मैमुना इस्कनदरिया क्वारेन्टाइनमा रहेको सिंगापुरको टेलिभिजन च्यानल न्यूज एसिया सीएनएको अनलाइन संस्करणले जनाएको छ ।

मलेशियाको दरबारले जनाएअनुसार राजा सुल्तान अब्दुल्लाह आगामी बिहीबार अर्थात् अप्रिल ७ सम्म तथा रानी टुङ्कु अजिजा शुक्रबार अर्थात् आगामी अप्रिल ८ सम्म क्वारेन्टिनमा रहनेछन् । उनीहरु मलेशियाको स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डअनुसार नै क्वारेन्टाइनमा बसेको जनाइएको छ ।

‘राजा र रानीमा सामान्य लक्षणमात्रै देखिएको छ र मौसुफहरूको स्वास्थ्य अवस्था राम्रै छ ।’ दरबारले जनाएको छ । राजाले मलेशियालीहरुलाई मुसलमानहरुको पवित्र महिना रमजानको शुभकामना दिँदै चनाखो रहन आह्वान गरेको सीएनएले जनाएको छ ।

मलेशियाको दरबारले राजा र रानीको सुस्वास्थ्यको कामना गर्न समेत सबै जनतामाझ अपिल गरेको छ । मलेशियामा हालसम्म कोरोना भाइरसबाट ४२ लाख १९ हजार ३ सय ९५ जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ३५ हजार १३ छ । 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ५ : ५५ बजे

आज २०८२ साल चैत ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ७ गते शनिबार चैत

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको