जथाभाबी सवारी पार्किङले कुरुप बन्दै बेसीसहर « Khabarhub

जथाभाबी सवारी पार्किङले कुरुप बन्दै बेसीसहर


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– उपयुक्त ठाउँमा बसपार्क नहुँदा जिल्लामा सञ्चालित यातायातका सवारी साधनहरू बीच बजार र सडकमै पार्किङ गरी राख्ने गरिएको छ ।

बेसीसहर नगरपालिका-७ मा रहेको सहजी र ८ दनाइफाँटमा निर्माण गरिएको बसपार्क उचित नभएकाले सकडमै पार्किङ गर्नुपरेको चालकहरू बताउँछन् । बसपार्क सदरमुकाममै भए पनि मुख्य सडकभन्दा टाढा छ । त्यहाँ सुरक्षा चुनौती पनि छ ।

त्यसैले बजारकै बीच सडकमै पार्किङ गर्नुपरेको बस चालक मनबहादुर गुरुङ बताउँछन् । जथाभाबी पार्किङ र सडकमा राखिएका निर्माण सामग्रीले बजारको शोभा घटाउनुका साथै सडक दुर्घटनाको जोखिमसमेत बढेको बेसीसहर ८ सेराका शिव सिलवाल बताउँछन् ।

व्यवसायीका अनुसार बजारका साँघुरा सडकमा जथाभाबी पार्किङ गरेपछि अन्य सवारी आवतजावतमा समेत समस्या थपिएको बेसीसहरका व्यवसायी विष्णुनिधि लोहनीले बताए ।

पैदल यात्रुहरूले हिँड्ने ठाउँ पाउनै मुस्किल पर्ने गरेको स्थानीयले गुनासो गरेका छन् । बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले नगरपालिकाले तोकेको सहजी बसपार्कको पार्किङ क्षेत्रमा सवारीचालकले सवारीसाधन पार्किङ नगरेको बताए ।

नगरपालिकाले यसअघि पनि बजार क्षेत्रका मुख्य र शाखा सडक छेउमा व्यक्तिगत तथा सार्वजनिक सवारी साधन पार्किङ निषेध गर्दै आए पनि सवारी चालकहरूले अटेरी गर्दै आएका छन् ।

बेसीसहर नगरपालिकाले निर्माण सामग्री हटाउन बेलाबेला सूचना जारी गरे पनि सुनुवाइ भएको छैन । नगरप्रमुख अर्यालले भने, ‘मुख्य बजार अस्तव्यस्त भएकाले सुरुमै नगरपालिकाले बसपार्क र जिप पार्कमा पार्किङ गर्नुहोस् भनेर पटक पटक आग्रह गरेका हौं ।

बेसीसहरको बजार व्यवस्थापनको कमजोरीका साथै कम ट्राफिक भएकाले चालकले पनि नटेर्ने गरेको जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु नेपालीले बताए ।

घर अगाडी सवारी पार्किङ गर्न थालेपछि छोराछोरीको विद्यालय जाने र आउने बेला के घटना हुन्छ भन्ने चिन्ताले पिरोल्ने गरेको स्थानीय बलराम अधिकारीले बताए ।

अधिकांश सवारी चालकले सवारी पार्किङ गर्न सहज हुने घर भाडामा लिएर बस्ने गरेका छन् । बिहान र बेलुका खाना खान र परिवारको साथमा रहेर सवारीको पनि रेखदेख हुने भएपछि सवारी चालकहरूले सडक छेउको घरको कोठा भाडामा लिएर सवारी पार्किङ गर्ने गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ६ : ३० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक