प्रचण्डले भने– परिवर्तन आफूहरूले गरेको भए पनि फल अरुको हातमा पर्‍यो « Khabarhub

प्रचण्डले भने– परिवर्तन आफूहरूले गरेको भए पनि फल अरुको हातमा पर्‍यो


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले ल्याएको परिवर्तनको फल अरुको हातमा परेको बताएका छन् ।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले शनिबार गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादीले परिवर्तन ल्याएको भन्दै यस्को फल परिवर्तन रोक्न खोज्नेहरूको हातमा परेको बताएका हुन् । उनले यही बिडम्बनाका कारण मुलुक अस्थिरताको ठूलो भूमरीमा फसेको पनि बताए ।

बाली लगाउने, दुःख गरेर स्याहार सम्भार गर्ने, थन्क्याउनेसम्मको काम आफूहरूले गर्ने अनि खाने बेला अर्काको हात परेको उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले परिवर्तन गर्नेले शासन गर्न पाउनुपर्ने तर्क पनि गरेका छन् ।

उनले विभिन्न चरणमा भएका आन्दोलनको परिणामस्वरूपमा देशमा ठूलठूला परिवर्तनहरू भए पनि स्थायित्व प्राप्त हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका थिए ।

https://www.facebook.com/khabarhubofficial/videos/2005037946341307

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : ४९ बजे

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।