प्रचण्डले भने– परिवर्तन आफूहरूले गरेको भए पनि फल अरुको हातमा पर्‍यो « Khabarhub

प्रचण्डले भने– परिवर्तन आफूहरूले गरेको भए पनि फल अरुको हातमा पर्‍यो


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले ल्याएको परिवर्तनको फल अरुको हातमा परेको बताएका छन् ।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले शनिबार गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादीले परिवर्तन ल्याएको भन्दै यस्को फल परिवर्तन रोक्न खोज्नेहरूको हातमा परेको बताएका हुन् । उनले यही बिडम्बनाका कारण मुलुक अस्थिरताको ठूलो भूमरीमा फसेको पनि बताए ।

बाली लगाउने, दुःख गरेर स्याहार सम्भार गर्ने, थन्क्याउनेसम्मको काम आफूहरूले गर्ने अनि खाने बेला अर्काको हात परेको उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले परिवर्तन गर्नेले शासन गर्न पाउनुपर्ने तर्क पनि गरेका छन् ।

उनले विभिन्न चरणमा भएका आन्दोलनको परिणामस्वरूपमा देशमा ठूलठूला परिवर्तनहरू भए पनि स्थायित्व प्राप्त हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका थिए ।

https://www.facebook.com/khabarhubofficial/videos/2005037946341307

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : ४९ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल