वंशाणुगत र उमेर अल्जाइमर जोखिमका मुख्य कारण हुन्। यो जोखिम महिलामा अझ बढी पाइएको छ। फ्लोरिडा एटलान्टीक विश्वविद्यालयको स्किम कलेज अफ मेडिसिनमा रहेको अल्जाइमर प्रिभेन्सन क्लिनिकमा कार्यरत डा. रिचर्ड इस्याक्सनले मस्तिष्कको समस्या भएका तीन मध्यका दुई जना महिला भएको बताएका छन्।
यो अध्ययनपछि महिलालाई जोखिम घटाउन अझ बढी सचेत हुने अवसरसमेत प्राप्त भएको छ। यसका लागि व्यक्तिगत जीवनशैलीमा ध्यान दिनु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ। सही डाइट, नियमित अभ्यास, तनाव कम लिने तथा पर्याप्त निन्द्रा नै अन्य धेरै रोगका जस्तै अल्जाइमरलाई नियन्त्रण गर्ने सबैभन्दा राम्रो उपाय हुन्। जीवनयापनको यो शैली सबैका लागि आवश्यक र महत्त्वपूर्ण छ। महिलाका लागि त अझ बढी आवश्यक हुन्छ।
वंशाणुगत र उमेर अल्जाइमर जोखिमका मुख्य कारण हुन्। यो जोखिम महिलामा अझ बढी पाइएको छ।
इस्याक्सनले तयार पारेको पेपरमा अल्जाइमर र हृदय रोगको जोखिम कम गर्न गरिएको अध्ययन महिलाका लागि अझ बढी लाभ दायक भएको निष्कर्ष निकालिएको छ। कम ब्लड सुगर तथा लो डेन्सीटी इपो प्रोटिन (एलडीएल) लगायत बायो मर्करको सवालमा भने महिला पुरुष भन्दा बढी सुरक्षित पाइएको छ। एलडीएल समस्या खराब कोलेस्ट्रोलको कारण आउने गर्छ।
हवार्ड मेडिकल स्कुलका न्युरोलोजी प्राध्यापक रुडी टान्जी लैङ्गिक आधारमा सबै रोगमा हुने जोखिमको पहिचान गर्न यस्ता थुप्रै अध्ययन महत्त्वपूर्ण हुने बताउँछन्। टान्जी मस्याच्युट जनरल अस्पतालका अनुसन्धान विभागका प्रमुख समेत हुन्।
‘हामीले प्रारम्भिक चरणमै यस रोगको जोखिम बारे थाहा पाउने लक्ष्य लिएका छौ। यसका लागि हामीले प्रयोग गर्ने प्रविधिले महिला र पुरुषमा बराबर कम गर्छ या गर्दैन भन्ने पत्ता लगाउन पनि आवश्यक छ। यसले हाम्रो उद्देश्यलाई लक्ष्यको नजिक लैजाने छ’, यस अध्ययनमा संलग्न नभएका टान्जीले भनेका छन्।
अध्ययनमा सहभागीको व्यक्तिगत जीवनयापनको शैलीमा ध्यान दिइएको थियो। अभ्यास र डाइटका बारे सल्लाह दिनुका साथै रक्तचाप नियन्त्रण, आवश्यक समयमा सुत्न लगाउने र तनाव कम गर्न सल्लाह पनि दिइएको थियो।
१० वर्ष लगाएर तयार गरिएको एक अध्ययनको रिपोर्ट अनुसार संज्ञानात्मक क्रियाको व्यक्तिगत अध्ययन गर्दै पागलपनको जोखिम आङ्कलन गर्न सकिने छ। ‘द कम्पेरिटिभ इफेक्टीभनेस डिमेन्सिया एन्ड अल्जाइमर रजिस्ट्री ट्रायल’ (सेडार) नामकरण गरिएको सो परीक्षण सन् २०१८ मा न्यूयोर्कको एक मेडिकल सेन्टरमा भएको थियो। यस परीक्षण अनुसार रक्त परीक्षण, शारीरिक परीक्षण, संज्ञानात्मक परीक्षण र वंशाणुगत जानकारी लिएपछि बिरामीलाई यसका बारे प्रशिक्षण दिइने छ।
यसपछि गरिएको औषधि उपचार र दिइएको भिटामिनले पनि फरक नतिजा आएको थियो। अध्ययनमा सहभागीको व्यक्तिगत जीवनयापनको शैलीमा ध्यान दिइएको थियो। अभ्यास र डाइटका बारे सल्लाह दिनुका साथै रक्तचाप नियन्त्रण, आवश्यक समयमा सुत्न लगाउने र तनाव कम गर्न सल्लाह पनि दिइएको थियो।
अध्ययनमा संलग्न सबैको पारिवारिक पृष्ठभूमि अल्जाइमर भएको थियो। तर, अध्ययनको सुरुवातसम्म कसैमा संज्ञानात्मक असर देखिएको थिएन। इस्याक्सनले दिएको जानकारी अनुसार अनुसन्धानमा १५४ जना सहभागी थिए। यी मध्यका ३५ जनामा सामान्य संज्ञानात्मक असर देखिएको थियो। यसले उनीहरूको जीवनमा कुनै प्रभाव भने पारेको थिएन।
अल्जाइमरको पारिवारिक पृष्ठभूमि भएका तथा संज्ञानात्मक रूपमा सामान्य रहेको व्यक्तिलाई ‘प्रीभेन्सन ग्रुप’ मा राखिएको छ। उनीहरूले जीवनयापन शैलीलाई अनुसरण गरेमा स्वास्थ्य अवस्थामा त्यसै अनुसारको सुधार भएको छ।
सन् २०१९ मा अर्को रिपोर्ट तयार भएको थियो। त्यस रिपोर्ट अनुसार केही लक्षण देखिएका ती व्यक्तिलाई जीवनयापनको शैलीमा परिवर्तन गर्न सल्लाह दिएपछि गरिएको एमसीआई परीक्षणबाट सम्झने र कुरा बुझ्ने कुरामा धेरै नै सुधार भएको थियो। यसरी जीवन यापन सुधार गर्न दिइएका ६० प्रतिशत सल्लाहलाई उनीहरूले मनन गरेका थिए। सन् २०१९ को त्यसै रिपोर्टका अनुसार ६० प्रतिशत पनि अनुसरण नगर्नेमा नगण्य सुधार देखिएको थियो। कतिपयमा अवस्था अझ खराब हुँदै गएको पनि पाइयो।
अल्जाइमरको पारिवारिक पृष्ठभूमि भएका तथा संज्ञानात्मक रूपमा सामान्य रहेको व्यक्तिलाई ‘प्रीभेन्सन ग्रुप’ मा राखिएको छ। उनीहरूले जीवनयापन शैलीलाई अनुसरण गरेमा स्वास्थ्य अवस्थामा त्यसै अनुसारको सुधार भएको छ। उनीहरूमा अल्जाइमरको जोखिम पनि कम हुने गरेको छ। त्यस जीवन यापनको शैलीलाई अनुसरण नगर्ने भने अल्जाइमरको उच्च जोखिममा रहेका छन्।
‘यो अध्ययनले दिएको राम्रो निष्कर्ष के हो भने हाम्रो निगरानीमा रहेको समूहमा १८ महिनामा महिला र पुरुषमा बराबर सुधार भएको छ,’ इस्याक्सनले भने, ‘अल्जाइमरको समय सीमालाई पछाडि धकेल्ने उद्देश्यका साथ धेरै औषधिको प्रयास भए। तर त्यसले पनि सही समयमा काम गरेको छैन।’ सेडारको अध्ययनमा सहभागी आधा जति एपोइ जिन भएका थिए। जसले अल्जाइमरको जोखिमलाई बढाएको छ। तर, यो जीवन यापनको शैली अपनाउनेको हकमा वंशाणुगत जे भए पनि यसले खासै असर गरेको छैन।
महिला र पुरुषको बीचमा अल्जाइमरको जोखिमका बारे सही तथ्य पत्ता लगाउन गरिएको एक रिपोर्ट ‘ प्रीभेन्सन अफ अल्जाइमर डिजिज’ जर्नलमा प्रकाशित भएको छ। सन् २०१९ मा गरिएको अध्ययनसँगै हामीले जीवन बिताउन गर्ने कामको शैलीले यो जोखिममा पार्ने प्रभावका बारे अध्ययन गरिएको थियो। अहिलेको यो अध्ययनले भने महिला र पुरुषको बीचमा जोखिमको भिन्नताको बारे पनि अध्ययन भएको थियो।
‘महिलामा पागलपनका केही फरक खाले जोखिम देखिएका छन्’, इस्याकसनले भने, ‘शरीरको मध्य भागमा बोसो छ भने महिलामा पागलपनको जोखिम ३९ प्रतिशतले वृद्धि हुनेछ।’उनका अनुसार महिनावारीको समय टाढिँदै जाँदा एस्ट्राजेनमा आउने कमीले पागल र अल्जाइमरको जोखिमलाई एकै पट बढाउन सक्नेछ। यसले सिधै मस्तिष्कमा असर गर्न सक्नेछ।
सेडारको अध्ययनमा सहभागी आधा जति एपोइ जिन भएका थिए। जसले अल्जाइमरको जोखिमलाई बढाएको छ। तर, यो जीवन यापनको शैली अपनाउनेको हकमा वंशाणुगत जे भए पनि यसले खासै असर गरेको छैन।
यस अध्ययनमा संलग्न भएर निर्देश गरे अनुसार जीवन यापन बिताउने प्रिभेन्सन समूहका कुनै लक्षण नदेखिएका महिलाको हकमा भने व्यापक सुधार भएको पाइएको छ।
हृदयघात बन्द हुने जोखिम र कोलेस्ट्रोलको सवालमा उनीहरूमा धेरै सुधार पाइएको हो। एचडीएल र हाइ डेन्सीटी इपोप्रोटिनमा भएको वृद्धिले उनीहरूलाई धेरै लाभ मिलेको थियो।
प्रारम्भिक उपचार समूहमा रहेका सामान्य लक्षण भएका महिलाको हकमा जीवन यापनको शैलीमा गरेको परिवर्तनका कारण धेरै सुधार भएको पाइएको छ। उनीहरूको ब्लड सुगर सन्तुलनमा आउनुका साथै हृदय रोगको जोखिम पनि घटेको थियो। व्यक्ति अनुसार १० प्रतिशत थप अभ्यासको पनि सिफारिस गरिएको थियो। यसले पुरुषलाई धेरै असर गरेको थियो।
इस्याक्सनका अनुसार उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र मधुमेह अल्जाइमरको प्रारम्भिक कारण नहुन सक्छ। तर, यसले अल्जाइमरलाई बढाउन धेरै सहयोग गर्छ। इस्याक्सनकै अनुसार महिलामा जोखिम त बढी छ। तर, जीवनयापनको शैली र अन्य उपचार पद्धतिका बारे भएको यो अध्ययनले भविष्यमा महिलालाई नै यसबाट बचाउन धेरै सहयोग गर्न सक्नेछ।
इस्याक्सनकै अनुसार हामीले हाम्रो बानी र जीवन यापनको शैलीलाई ध्यान दिँदै समयमै सचेत भएमा मस्तिष्क स्वास्थ्यमा धेरै सुधार गर्न सक्छौ। अहिले अल्जाइमरको समस्याले संसारलाई नै आक्रान्त पारेको छ। अमेरिका जस्तो समृद्ध देशमासमेत ५८ लाखमा अल्जाइमर रहेको जनाइन्छ। नेपालमा पनि परीक्षण नै नगरेर यो रोगलाई लुकाएर राख्नेको सङ्ख्या धेरै नै हुनसक्छ।
यसका कारणका बारे वर्षौँदेखि धेरै अध्ययन पनि भएका छन्। गत वर्ष अस्ट्रेलियामा भएको एक अध्ययन त अझ धेरै महत्त्वपूर्ण ठानिएको थियो। सो अध्ययनले अल्जाइमरको कारण निन्द्रा, तनाव र वंशाणुगत हुनुका साथै बोसो र अत्यधिक प्रोटिनको मात्रा पनि भएको जनाएको छ। यस रिपोर्टका अनुसार मोटोपन पनि अल्जाइमरको एउटा प्रमुख कारण हो।
संसारका जारी यी हरेक अध्ययनको एउटा निष्कर्ष के हो भने अल्जाइमरको जोखिम महिलामा बढी भए पनि मुख्य कारण भने हाम्रो खाना र जीवनयापनको शैली नै हो। समयमै सचेत भए हाम्रो पूर्खामा यो समस्या भए पनि हामी सुरक्षित हुनसक्छौ। -सिएनएन, मेडीकलन्यूजटुडे
प्रतिक्रिया