साउदीमा एक सातामा १२ हजार गैरकानुनी कामदार पक्राउ  « Khabarhub

साउदीमा एक सातामा १२ हजार गैरकानुनी कामदार पक्राउ 


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरकानुनी कामदारमाथि कडाइ गरेको साउदी सरकारले थप १२ हजार ३४ जना पक्राउ गरेको छ।

देशका विभिन्न क्षेत्रबाट एक साताभित्रै आवास तथा श्रम ऐन र सीमा सुरक्षा नियम उल्लङ्घन गर्नेलाई पक्राउ गरिएको त्यहाँको राहदानी महानिर्देशनालय (जवाजत) ले जनाएको छ । गत २१-२७ अप्रिलको अवधिमा सुरक्षा निकायका विभिन्न इकाई र जवाजतले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रेसिडेन्सी ऐन उल्लङ्घन गर्ने ७ हजार ५१५, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने करिब ३ हजार २ र श्रम कानुन उल्लङ्घन गर्ने १ हजार ५१६ भन्दा बढी रहेका छन् ।

राज्यमा सीमा पार गर्न खोज्दा जम्मा १९९ जना पक्राउ परेका थिए, जसमध्ये ४७ प्रतिशत यमनी, ३५ प्रतिशत इथियोपियाली र १८ प्रतिशत अन्य राष्ट्रका थिए भने ३९ जना राज्यको सीमा पार गरेर भाग्न खोजेको आरोपमा पक्राउ परेका थिए ।

यी मध्य कानुन उल्लङ्घन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने १२ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जवाजतलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ। यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पुराएर देश निकाला गरिनेछ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी अभियान तीव्र पारेसँगै गैरकानुनी रुपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी छुटाइने बताइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ९ : २७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित