ब्रेकिङ स्टोरी

नवनियुक्त आईजीपीद्वयले लगाए दर्ज्यानी चिह्न

By खबरहब

May 02, 2022

काठमाडौँ – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिह्न लगाएका छन् ।

सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीद्वयलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।