मारिउपोलमा फसेका दर्जनौँ नागरिकको उद्धार « Khabarhub

मारिउपोलमा फसेका दर्जनौँ नागरिकको उद्धार


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनको पूर्वी बन्दरगाह शहर मारिउपोलबाट दर्जनौँ नागरिकलाई उद्धार गरिएको छ । मारिउपोलस्थित एजोभस्तल उद्योग परिसरमा फसेकामध्ये केहीको उद्धार गरिएको बीबीसीले जनाएको छ ।

रुसले आफ्नो नियन्त्रणमा रहेको गाउँमा दर्जनौं सर्वसाधारण पुगेको बताएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिउपोलबाट सर्वसाधारणको एउटा ठूलो समूह जापोरिज्जियातर्फ लागेको बताएका छन् ।

‘करिब एक सय जनाको पहिलो समूह नियन्त्रित क्षेत्रतर्फ प्रस्थान गरिसकेको छ’ उनले ट्विट गरेका छन् । जापोरिज्जिया अझै पनि युक्रेनको नियन्त्रणमा रहेको बताइएको छ ।

उनले अगाडि भनेका छन्, ‘हामी उनीहरूलाई जापोरिज्जियामा भेट्नेछौँ । हाम्रो टोलीलाई धन्यवाद ! अब तिनीहरू कारखानाबाट अन्य नागरिकहरूलाई बाहिर निकाल्ने काममा छन् ।’

राष्ट्रसंघले शनिबार नागरिकहरूलाई बाहिर निकाल्न ‘सेफ प्यासेज अपरेसन’ सुरु भएको पुष्टि गरेको थियो । सो कार्यमा रेडक्रसको पनि संलग्न रहेको बताइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : २६ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका