युक्रेनको सीमा नजिकै रुसी सैनिक पूर्वाधारमा आगलागी « Khabarhub

युक्रेनको सीमा नजिकै रुसी सैनिक पूर्वाधारमा आगलागी


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको सीमा नजिक रुसी सैन्य पूर्वाधारमा आगलागी हुँदा एक जना घाइते भएका छन् । युक्रेनसँग सीमा जोडिएको बल्गोरोद क्षेत्रस्थित रुसी सैनिक पूर्वाधारमा आगलागी भएको क्षेत्रीय गभर्नरले पुष्टि गरेका हुन् ।

गभर्नर भियाचिस्लाभ ग्लादकोभका अनुसार घटनामा एकजना सामान्य घाइते भएका छन् । उनका अनुसार आगलागीका कारण ७ घरमा क्षति पुगेको छ ।

यसबारे रुसी रक्षा मन्त्रालयले कुनै टिप्पणी नगरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । आगलागीको कारणबारे पनि केही खुलाइएको छैन ।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीरमा आगलागी भएको स्थानबाट धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । यद्यपि आगलागीका तस्वीर र रुसी दाबीको स्वतन्त्र पुष्टि भने भई नसकेको जनाइएको छ ।

गत महिना रुसले बल्गोरोद क्षेत्रमा रहेको इन्धन भण्डारणमा युक्रेनी हेलिकोप्टरले आक्रमण गरेको दाबी गरेको थियो । तर, युक्रेनी पक्षले भने यस्तो दाबीको खण्डन गरेको छ ।

त्यसयता युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रहरुमा आगलागी, विष्फोट जस्ता घटनाहरु बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  २ : ३५ बजे

काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी