वर्षाका कारण नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल रद्द | Khabarhub Khabarhub

वर्षाका कारण नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल रद्द


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठाडौं- नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेल लगातारको वर्षाका कारण प्रभावित भएसँगै खेल रद्द गरिएको हो ।

वर्षा सुरु हुनुअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामी र करण केसीले १–१ विकेट लिए ।

यसअघि आइतबार भएको पहिलो टी–ट्वान्टी खेलमा नेपाल जिम्बाब्वे ‘ए’ सँग ६ विकेटले पराजित भएको थियो ।

अमेरिकामा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरुप नेपालले जिम्बाब्वे ‘ए’ टोलीसँग सिरिज खेल्न लागेको हो ।

तयारी सिरिजमा नेपाली र जिम्बाब्वे ‘ए’ बीच ३ एकदिवसीय तथा ३ टी–ट्वान्टी खेल्ने तय भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ४३ बजे

दार्चुला–टिङ्कर सडक : सेनाले दुईतिरबाट काम थाल्यो

दार्चुला– महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट

नयाँ पोप चुनिए लियो : अमेरिकी नागरिक पोप बन्दा ट्रम्प खुशी

काठमाडौं – पोप लियो १४ औँ भनेर चिनिने नयाँ पोप

चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्छ : चीन

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति  सी

भारतसँग सेल्फ डिफेन्समा केन्द्रित पाकिस्तान

काठमाडौं – पाकिस्तानले अहिले भारतले आक्रमण गरे पनि आफूहरू सेल्फ

सुत्नुअघि अनुहारमा लगाउनुहोस् यी पाँच चीज, पाइने छ छालामा चमक

काठमाडौं– मानिसहर सफा र चम्किलो छाला कायम राख्नका लागि विभिन्न