तीन दिने युरोप भ्रमणमा रहेका नरेन्द्र मोदी जर्मनी पुगे « Khabarhub

तीन दिने युरोप भ्रमणमा रहेका नरेन्द्र मोदी जर्मनी पुगे


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोप भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जर्मनीको राजधानी बर्लिन पुगेका छन् । तीन दिने युरोप भ्रमणका क्रममा उनी सोमबार जर्मनीको राजधानी बर्लिनस्थित बर्लिन ब्राण्डेनबगै विमानस्थलमा अवतरण गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

जर्मनीमा रहँदा प्रधानमन्त्री मोदीले जर्मन चान्सलर ओलाफ सोल्जसँग भेटवार्ता गर्ने जनाइएको छ । दुई नेताले भारत–जर्मनी अन्तर सरकारी समन्वयको छैटौँ सम्मेलनको सहअध्यक्षता समेत गर्ने हिन्दुस्तान टाइम्सले जनाएको छ ।

बर्लिनमा अवतरण गरेको जानकारी दिँदै प्रधानमन्त्री मोदीले ट्विट समेत गरेका छन् ।

‘बर्लिनमा ओर्लिएको छु । चान्सलर ओलाफ शोल्जसँग आज भेटवार्ता गर्दैछु । व्यापारिक प्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गर्ने र सामुदायिक कार्यक्रमलाई पनि सम्बोधन गर्नेछु ।’ उनको ट्विटमा लेखिएको छ, ‘यो भ्रमणले भारत र जर्मनीबीच रहेको मित्रता अझ प्रगाढ बनाउनेमा म विश्वस्त छु ।’

 जर्मनीको भ्रमण सकेर उनी जर्मन छिमेकी डेनमार्क र फ्रान्स पनि पुग्ने जनाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ४ : ४१ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर