कृष्ण सागरमा दुई रुसी युद्धपोत ध्वस्त पारिएको युक्रेनी दाबी « Khabarhub

कृष्ण सागरमा दुई रुसी युद्धपोत ध्वस्त पारिएको युक्रेनी दाबी


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनले कृष्ण सागरमा तैनाथ दुई रुसी युद्धपोतलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । युक्रेनी सेनाध्यक्ष भलेरी जालुझ्नीले कृष्ण सागरस्थित स्नेक टापु नजिकै गस्ती गरिरहेका दुई रुसी युद्धपोतमा आक्रमण गरेको दाबी गरेका हुन् ।

‘आज सबेरै जिमिनी (स्नेक) टापु नजिकै राप्टर क्लासका दुई रुसी युद्धपोत ध्वस्त पारिएको छ ।’ जालुझ्नीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार मानवरहित हवाई उपकरण ‘ड्रोन’ ले आक्रमण गरेको युक्रेनी पक्षको दाबी छ । आक्रमणका क्रममा खिचिएको भनिएको भिडियोमा दुई युद्धपोतमा क्षेप्यास्त्र आक्रमण भएको देखिन्छ ।

यद्यपि उक्त भिडियोको स्वतन्त्र पुष्टि हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ ।

यसबारे रुसी पक्षले कुनै टिप्पणी नगरेको बताइएको छ । गत महिना युक्रेनले कृष्ण सागरकै तटनजिक रुसी फौज अन्तर्गतको कृष्ण सागरीय नौसेनामा तैनाथ मोस्कवा युद्धपोत ध्वस्त पारेको दाबी गरेको थियो ।

रुसी पक्षले मोस्कवा ध्वस्त भएको पुष्टि गर्दै आगलागीका कारण दुर्घटना भएको जनाएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ४ : ५४ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी