एसियाली खेलकुदका लागि बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट सकियाे « Khabarhub

एसियाली खेलकुदका लागि बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट सकियाे


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसियाली खेलकुदको १९ औँ संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ ।

दुवैमा महिला टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको हो । बास्केटबलमा आठ खेलाडीको छनोट गरिएको नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान श्रेष्ठले जनाए । यस्तै नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिका अनुसार कबड्डीमा २८ खेलाडी छानिएका छन् ।

बास्केट बलको थ्री बाइ थ्री बाइमा प्रतिक्षा मगर, श्रेया खड्का, गरिशा सिलवाल, विनामणि योञ्जन, एरिका श्रेष्ठ, अमिशा घले, छिरिङ छोकी शेर्पा र मिना गुरुङ पहिलो चरणमा छनोट भए ।

कबड्डीमा एपीएफकी सुनिता थापा, नेपाल प्रहरीकी मानमति विष्ट, नेपाल आर्मीकी निशा बोहरा, एपीएफकी रविना चौधरी, आर्मीकी मेणुका राजवंशी, एपीएफकी जयन्ती बढु, आर्मीकी गंगा घिमिरे, लुम्बिनी प्रदेशकी सिर्जना चौधरी, आर्मीकी अनुजा कुलुङ राई, सुदूरपश्चिम प्रदेशकी सिर्जना सुनार, गण्डकी प्रदेशकी बुद्धिमाया मगर र सुदूरपश्चिमकी कलावती पन्त रहेका छन् ।

अन्यमा आर्मीका मिना नेपाली र ईशा राई, प्रदेश १ की लक्ष्मी विश्वकर्मा, बाग्मती प्रदेशकी बविता पुकुवाल, एपीएफका सविना मल्ल र कमला थापा, प्रहरीकी गंगा राकसकोटी, आर्मीकी कोपिला कार्की, बाग्मतीकी अम्बिका कटुवाल, सुदूरपश्चिमकी सोनम चन्द, बागमतीकी पूजा दुवाल, प्रहरीकी नितु गुरुङ, प्रहरीकी राधिका खडायत, प्रदेश १ की पूजा राजवंशी, मधेश प्रदेशकी दिब्याकुमारी शाह र प्रहरीकी अर्पणा चौधरी छन् ।

एसियाली खेलकुदको इतिहासमा नेपालले महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाउन लागेको महासचिव प्रजापतिले जनाएका छन् । एसियाली खेलकुद चीनको हाङझावमा २५ भदौदेखि ९ असोजसम्म हुँदैछ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ५ : १९ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना