मकवानपुर– मकवानपुरको बकैयामा तराईलाई काठमाडौँ जोड्ने द्रुतमार्ग निमार्ण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।
अन्य चार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतक दुवै चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । द्रुतमार्गको काम गरिरहेको लोडर एक्कासी सिमान्त खोलामा खस्दा लोडरमा रहेका छ जनामध्ये दुई जनाको मृत्यु भएको जिल्लाका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।
मकवानपुरको बकैया गाउँपालिकाको–११ घटेपाख र लेनडाँढा नजिक लोडर दुर्घटना भएको हो ।
ती चिनियाँ नागरिक द्रुतमार्गमा काम गर्दै आएका थिए । घाइतेको उद्धार गरी हेटौँडा ल्याएको छ । मृतक र घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया