संविधानलाई जोगाउन गठबन्धन बनेको हो : आरजु | Khabarhub Khabarhub

संविधानलाई जोगाउन गठबन्धन बनेको हो : आरजु


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले स्थानीय तहको निर्वाचबाट आउने परिणामले गठबन्धनमा कुनै असर नपर्ने बताएकी छन् ।

सोमबार धनगढीमा पत्रकारसँग कुरा गर्दै देउवाले अहिलेको गठबन्धन विशेष परिस्थितिमा देशको रक्षा गर्न र संविधान जोगाउन बनेको भन्दै स्थानीय तह निर्वाचनको परिणामले गठबन्धनलाई कुनै असर नगर्ने बताइन् ।

‘चुनाव हारे पनि जीते पनि अहिलेको गठबन्धन निरन्तर चलिरहने छ,’ देउवाले भनिन्, ‘गठबन्धन टुटेमा देश फेरि संकटमा पर्ने निश्चित छ ।’

केन्द्रीय सदस्य देउवाले अहिलेको गठबन्धनका कारण संविधान जोगिएको भन्दै कुनै अप्ठ्यारो नमानि गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आग्रह गरिन् ।

‘ओलीले संविधानलाई नै समाप्त पर्न खोजेका बेला त्यसलाई जोगाउन यो गठबन्धन बनेको हो,’ उनले भनिन्, ‘यसलाई सबै कार्यकर्ताले बुझ्नु पर्छ, धेरैले कुरा नबुझेका कारण समस्या भएको देखिन्छ ।’

देउवाले धनगढी उपमहानगरपालिमा गठबनधनका साझा उम्मेदवारलाई जिताउनसमेत आग्रह गरिन् । नृपबहादुर वड पाँच दलबाट साझा उम्मेदवारका रूपमा धनगढीको मेयरमा उम्मेदवार रहेको भन्दै उनले वडलाई जिताएर धनगढीको भविश्य शुनिश्चित गर्न आग्रह गरिन् ।

यसअघि वड धनगढीको मेयर हुँदा राम्रो काम गरेको भन्दै उनले फेरि पनि वडलाई नै मेयरमा जिताएर उपमहानगरपालिकाको भविष्य कोर्न आग्रह गरिन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ९ : २० बजे

‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकको रोजाइमा

खोटाङ– तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको

केराको थम्बाबाट सामग्री उत्पादन

तनहुँ– जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा

भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने

चितवन– चितवनको भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका ६ स्थानमा ट्राफिक

बैतडीको दोगडाकेदारमा आधारभूत अस्पताल निर्माण अन्तिम चरणमा

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल भवन निर्माण

सामाजिक सञ्जाल प्रयोग सम्बन्धी विधेयकबारे भ्रम छर्ने काम भयो : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले साइबर अपराध रोक्न ल्याइएको