संविधानलाई जोगाउन गठबन्धन बनेको हो : आरजु « Khabarhub

संविधानलाई जोगाउन गठबन्धन बनेको हो : आरजु


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले स्थानीय तहको निर्वाचबाट आउने परिणामले गठबन्धनमा कुनै असर नपर्ने बताएकी छन् ।

सोमबार धनगढीमा पत्रकारसँग कुरा गर्दै देउवाले अहिलेको गठबन्धन विशेष परिस्थितिमा देशको रक्षा गर्न र संविधान जोगाउन बनेको भन्दै स्थानीय तह निर्वाचनको परिणामले गठबन्धनलाई कुनै असर नगर्ने बताइन् ।

‘चुनाव हारे पनि जीते पनि अहिलेको गठबन्धन निरन्तर चलिरहने छ,’ देउवाले भनिन्, ‘गठबन्धन टुटेमा देश फेरि संकटमा पर्ने निश्चित छ ।’

केन्द्रीय सदस्य देउवाले अहिलेको गठबन्धनका कारण संविधान जोगिएको भन्दै कुनै अप्ठ्यारो नमानि गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आग्रह गरिन् ।

‘ओलीले संविधानलाई नै समाप्त पर्न खोजेका बेला त्यसलाई जोगाउन यो गठबन्धन बनेको हो,’ उनले भनिन्, ‘यसलाई सबै कार्यकर्ताले बुझ्नु पर्छ, धेरैले कुरा नबुझेका कारण समस्या भएको देखिन्छ ।’

देउवाले धनगढी उपमहानगरपालिमा गठबनधनका साझा उम्मेदवारलाई जिताउनसमेत आग्रह गरिन् । नृपबहादुर वड पाँच दलबाट साझा उम्मेदवारका रूपमा धनगढीको मेयरमा उम्मेदवार रहेको भन्दै उनले वडलाई जिताएर धनगढीको भविश्य शुनिश्चित गर्न आग्रह गरिन् ।

यसअघि वड धनगढीको मेयर हुँदा राम्रो काम गरेको भन्दै उनले फेरि पनि वडलाई नै मेयरमा जिताएर उपमहानगरपालिकाको भविष्य कोर्न आग्रह गरिन् ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ९ : २० बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक