हरेक पहाडमा सम्भावना देख्ने आरोही मोहर | Khabarhub Khabarhub

हरेक पहाडमा सम्भावना देख्ने आरोही मोहर


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिवंगत हिमाल आरोही हुवाँ पाब्लो मोहर खेलकुदमै सर्वत्र सम्भावना देख्ने गर्थे। संसारको कुनै पर्खाल होस् या प्राकृतिक पहाड यी हरेक क्षेत्रमा उनी सम्भावना नै देख्थे। चीलीको स्यान्टीयागोमा उनको घर हिउँ पर्ने पहाडले घेरिएको छ। आफ्नो त्यो रुचिलाई मुर्त रूप दिनका लागि त्यो स्थान नै पर्याप्त थियो। बाल्यकालमै उनकी आमाले उनलाई कम परिचित खेल स्केट बोर्डिङ र पार्किङका लागि छाडेकी थिइन्। पछि हिमाल आरोही भएपछि उनको आरोहण यात्राले नयाँ आयाम नै थपेको थियो। उनले एक साताको अन्तरालमा सगरमाथा र ल्होत्सेमा विना अक्सिजन आरोहण गरेर कीर्तिमान नै कायम गरेका थिए। ८ हजार ८ सय ४८ मिटर सगरमाथा र ८ हजार ५ सय १६ मिटरको ल्होत्सेको यसरी आरोहण गर्नु आफैमा चानचुने थिएन।

एक साताको अन्तरालमा सगरमाथा र ल्होत्सेमा विना अक्सिजन आरोहण गरेर कीर्तिमान नै कायम गरेका थिए। ८ हजार ८ सय ४८ मिटर सगरमाथा र ८ हजार ५ सय १६ मिटरको ल्होत्सेको यसरी आरोहण गर्नु आफैमा चानचुने थिएन।

गत वर्ष एउटा दुर्लभ कीर्तिमानको प्रयास गर्दा उनको निधन भएको थियो। ३४ वर्षीया उनले जाडो समयमा ८ हजार ६ सय ११ मिटरको के टु हिमाल विना अक्सिजन चढ्ने प्रयास गरेका थिए। उनको निधनसँगै तीन सन्तान टुहुरो भएका छन्।

यसरी एकपछि अर्को कीर्तिमान कायम गरेर संसारमै तहल्का मच्चाइरहेका उनको ध्यान भने प्राय आफ्नै गाउँमा हुन्थ्यो। सन् २०१३ मा उनले गैर नाफा मूलक संस्था डिपोर्ट लीब्रेको स्थापना गरेका थिए। यसको उद्देश्य ग्रामीण क्षेत्रमा आरोहण र यीसँग सरोकार राख्ने खेलकुदका संरचना बनाउने हो। धेरै विद्यालय र सार्वजनिक स्थानमा यसले काम गरेको थियो। ‘उ सधैँ हिमाल चढेर फर्कँदा उत्साहित हुन्थ्यो। उसले सकारात्मक सन्देश प्रवेश गर्ने गरेको थियो। यसले धेरै मानिसलाई हिमालतर्फ आकर्षित गराएको थियो,’ डीपोर्ट लीब्रेका पूर्वव्यवस्थापक तथा उनका आफ्ना काकाका छोरा फ्रेडिको सेउचले भनेका छन्।

एकपछि अर्को कीर्तिमान कायम गरेर संसारमै तहल्का मच्चाइरहेका उनको ध्यान आफ्नै गाउँमा हुन्थ्यो। सन् २०१३ मा उनले गैर नाफामूलक संस्था डिपोर्ट लीब्रेको स्थापना गरेका थिए। यसको उद्देश्य ग्रामीण क्षेत्रमा आरोहण र योसँग सरोकार राख्ने खेलकुदका संरचना बनाउने थियो।

एडभान्चर भ्रमणमा लागि चिली संसारकै एउटा महत्त्वपूर्ण गन्तव्य क्षेत्र बनी रहेको छ। यसका बाबजुद धेरै आउटडोर खेल त्यहाँका बासिन्दाका लागि पहुँच बाहिरको कुरा बनेका छन्। ‘चीलीमा खेलकुद सम्भ्रान्तका लागि मात्र पहुँचको विषय हो,’डीपोर्ट लीब्रेकै सञ्चालक पेड्रो एन्गुयटाले भनेका छन्। मोहर र उनी आर्किटेक्चरको अध्ययनको क्रममा चिनजान भएपछि साथी भएका थिए। पछिल्लो समय यी दुईले मिलेर त्यस संस्थाको स्थापना गरेका हुन्। ‘हामीले खेलकुदलाई मानव अधिकारको सीमा भित्र राख्नका लागि मेहनत गर्नुपर्छ र यो हुँवा पाब्लोको लिगेसी पनि हो,’ उनले अगाडि भने।

खेलकुद र सामुदायिक स्वास्थ्यको बारे सन् २०१७ मा लिइएको एक सर्वेक्षणका अनुसार ८५ प्रतिशत भन्दा बढी चिलीका बासिन्दा हुन सौखिन छन्। मतलब उनीहरू दिनको १ सय मिनेट भन्दा कम अभ्यास गर्छन्। विश्व स्वास्थ्य सङ्गठनको तथ्यांक अनुसार चिली संसारकै सबैभन्दा धेरै बाल मोटोपन भएको देश हो। सन् २०२१ म सार्वजनिक भएको अर्को एक रिपोर्टका अनुसार साप्ताहिक खेल गतिविधिमा पनि चिली संसारकै पछिल्लो देश मध्यको एक हो। त्यहाँ औसतमा सातामा ३.७ घण्टा खेलकुदमा बिताउने चलन छ। एन्गुयटा भने देशको असमानताका कारण यो समस्या आएको बताउँछन्। उनले खेलकुदलाई सबैको पहुँचमा लैजानु पर्नेमा जोड दिएका छन्।

लुज मारिया इस्पीनोजाले आफ्नो ५ वर्षे छोरा म्याक्सलाई स्यान्टीयागोको दक्षिणी जिल्ला लापिन्टानामा भएको डिपोर्ट लीब्रेको एक खेल मैदानमा लगेकी छन्। यो ठाउँ गत जनवरीमा स्थापना भएको हो। त्यहाँ क्लाइम्बीङ वाल छ भने जिकज्याक भएको टनेल आकारको पहाड पनि छ।

यसको डिजाइन गर्ने काम अन्तर्राष्ट्रिय गैर नाफामूलक संस्था युनाइटेड वेले गरेको हो भने डच बाल अधिकार सङ्गठन बर्नाड भान लीरले आर्थिक सहयोग गरेको हो। सहरलाई बच्चाको दृष्टिकोणमा हेरेर यो खेल मैदानको स्थापना भएको हो। इस्पीनोजाले यस प्रयासलाई हार्दिकता पूर्वक स्वागत गरेकी छन्। उनका छोराको पनि अभ्यासकै अभावमा तौल बढेको थियो। छोरा सधैँ घर बाहिर खेल्न जान चाहन्थे। तर, छिमेकको वातावरण प्रतिकुल भएकाले उनले छोरालाई बाहिर पठाउन जोखिम महसुस गरेकी हुन्।

कुनै समय संसारका हिमाल आरोहण एउटा सोख थियो। अहिले सोख होइन पर्यटन क्षेत्रको महत्त्वपूर्ण आधार बनेको छ। हिमाल आरोहण नै त खेलको रूपमा विकसित छैन। तर, त्यही शैलीसँग मिल्दो जुल्दो क्लाइम्बीङ स्पोर्ट्सको विकास भइसकेको छ।

सोही जिल्लामा सन् २०२० र २१ को बीचमा १० नाबालकलाई आवारा समूहले गोली प्रहार गरेको थियो। यो सङ्ख्या अन्य कुनै पनि जिल्लाको भन्दा बढी हो। इस्पीनोजाकै अनुसार त्यस गल्लीका हरेक दिन विस्फोटको आवाज सुन्ने गरिन्छ। आवाज आउने बित्तिकै म्याक्स टेबुल मुनी लुक्ने गरेको छ। त्यस क्षेत्रलाई सरकारले प्रतिबन्धित क्षेत्र घोषणा गरेको छ। पुरै क्षेत्र लागु औषध समूहले कब्जा गरी सकेको छ।

डीपोर्टको खेल मैदान मात्र उनले आफ्नो छोराका लागि खेल्नका लागि सहज स्थानको रूपमा उनले पाएकी छन्। छोराको लागि खेल्ने अर्को स्थान नपाएको कारण म्याक्सकी आमा साँच्चै आजित थिइन्। उनलाई कक्षा बन्द भएको समयमा कतै त्यो खेल्ने स्थान पनि लागु औषध समूहले कब्जा गर्ने त होइन भन्ने चिन्ता छ। यसका बाबजुद तत्कालै त्यो फिर्ता पाउनेमा पनि उनी विश्वस्त छिन्। ‘हामी सरकारले नै वयस्कहरू सडकमा बसेर लागुऔषध सेवन गरेको दृश्य रोक्नका लागि सक्रिय भएको हेर्न चाहन्छौ,’ त्यहाँको वातावरणले आजित इस्पीनोजा भन्छिन्।

४० मिटर अग्लो उचाइ भएको त्यो स्थानलाई प्रयोग गर्नका लागि डिपोर्ट लीब्रेको स्थापना भएको थियो। मोहर र एन्गुयटा एक पटक त्यहाँ पुग्दा क्लाइम्बीङको सम्भावना देखेपछि उनीहरूकै प्रयासमा यो अभियानको सुरुवात भएको हो। त्यस स्थानलाई उनीहरूले ल्याटिन अमेरिकाको सबैभन्दा अग्लो क्लाइम्बीङ पार्क मात्र बनाएनन्, त्यो फाउन्डेसनको प्रमुख ठाउँ बनेको छ। यसपछि यो पूर्णकालीन खेल केन्द्रको रूपमा पनि विकसित भइसकेको छ।

‘उ यतै कतै हाम्रै पछाडि छ भन्ने महसुस गर्दै हामीले यी सबै कामलाई निरन्तरता दिएका छौँ’, एन्गुयटाले दिवंगत आफ्ना साथीको बारे भनेका छन्। फ्रेडिको सुयचकै अनुसार उनको दाजुको उद्देश्य नै एउटा यस्तो संसारको निर्माण गर्ने थियो कि, जहाँ हरेकले आफ्नो खेल सम्बन्धी लक्ष्य कायम गर्न सकुन् र त्यसका लागि सक्रिय रहुन्। ‘यहाँ हरेकका जीवनका आफ्नै समिट छन्। कसैका लागि सगरमाथा सबै हो। कसैका लागि अन्य। यी सबै निश्चित बाधा अड्चनका माझ नै रहेका छन्’, उनले भने, ‘यो पुरा गर्न हामीसँग क्षमता पनि छ। ’

कुनै समय संसारका हिमाल आरोहण एउटा सोख थियो। अहिले सोख होइन पर्यटन क्षेत्रको महत्त्वपूर्ण आधार बनेको छ। हिमाल आरोहण नै त खेलको रूपमा विकसित छैन। तर, त्यही शैलीसँग मिल्दो जुल्दो क्लाइम्बीङ स्पोर्ट्सको विकास भइसकेको छ। गत वर्ष जापानको टोकियोमा आयोजना भएको ओलम्पिकमा क्लाइम्बिङ स्पोर्टले औपचारिक प्रवेश पाएको थियो।

अहिले संसारमै स्पोर्ट्स क्लाइम्बीङले फराकिलो स्वरूप लिएको छ। त्यो फराकिलो स्वरूपमा चिलीका दिवंगत हिमाल आरोही हुँवा पाब्लो मोहरको कदमले एक दिन सार्थक रूप लिने छ र चिली स्पोर्ट्स क्लाइम्बीङको केन्द्र बन्न सक्नेछ।

गत ओलम्पिकमा स्लोभानीयाकी भान्जा ग्रानाबेटले महिला तथा स्पेनका अल्बर्टो गीनेज लोपेजले महिला तर्फको स्वर्ण पदक जितेका थिए। पुरुषमा लोपेजलाई अमेरिकी नाथालेन कोलेम्यान र अस्ट्रियाका ज्याको सुचाबर्टले पछ्याएका थिए। महिलातर्फ जापानका निको मोकाना र कुइआयो नागुची पनि पदक विजेता बनेका थिए। इन्टरनेसलन फेडेरसन फर स्पोर्ट्स क्लाइम्बीङको यसको आधिकारिक संस्थाको सक्रिय छ। यो संस्थाले खेललाई व्यवस्थित बनाउने तथा संसारभर नै आफ्नो गतिविधि सञ्चालन गर्ने गरेको छ।

पछिल्लो समय नेपालमा पनि यो खेल अत्यन्त लोकप्रिय छ। मूल संस्थामा नेपालको आबद्धता भएको तीन वर्ष भएको छ। अहिले संसारमै स्पोर्ट्स क्लाइम्बीङले फराकिलो स्वरूप लिएको छ। त्यो फराकिलो स्वरूपमा चिलीका दिवंगत हिमाल आरोही हुँवा पाब्लो मोहरको कदमले एक दिन सार्थक रूप लिने छ र चिली स्पोर्ट्स क्लाइम्बीङको केन्द्र बन्न सक्नेछ। चिलीमा भएको त्यो प्रयास धेरैका लागि उदाहरण पनि बन्नसक्छ। स्रोत : बीबीसी, आइएसएफसी

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ८ : ११ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन