पोखरीमा डुबेर बारामा दुई जनाको मृत्यु « Khabarhub

पोखरीमा डुबेर बारामा दुई जनाको मृत्यु


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – बारामा छुट्टा-छुट्टै स्थानका पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका-१६ मझौलिया टोल बस्ने मजबुलाह अंसारीका छोरा ९ वर्षीय यस्तफा अंसारीको बुधबार पोखरीमा डुबेर मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्।

घरबाट करिब ४/५ जना साथीहरुसँग घरनजिकैको पोखरीमा नुहाउन गएको आधा घण्टामै बालक डुबेका थिए । बालकलाई स्थानीयले पोखरीबाट निकालेर उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाए पनि उनको उपचारको क्रममा अस्पताल मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, कोल्हबी नगरपालिका ११ बेलावा टोल बस्ने बिरनाथ चौधरीको घरभन्दा करिब पाँच सय मिटर पश्चिममा रहेको पोखरीमा डुबेर मृत्‍यु भएको छ । घरबाट घाँस काट्न गएका उनी अबेर रातसम्मा घर नआएपछि खोजी गर्ने क्रममा उनलाई उक्त पोखरीमा मृतावस्थामा भेटेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

उनको मृत्‍युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १० : ०३ बजे

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट