क्याफेमा साकेला, रमितेको भिड | Khabarhub Khabarhub

क्याफेमा साकेला, रमितेको भिड


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– खुमलटारस्थित सेकुवा भिलेज खचाखच थियो । क्याफेभित्र मात्रै होइन ढोका बाहिर बाटसमेत रमिता हेर्नेको भिड उत्तिकै थिए । यो भीड किरातहरूको संस्कृति जर्गेना गर्न आयोजना गरिएको साकेला नाच्ने र हेर्नेको हो । वैशाख पूर्णिमापछि एक महिनासम्म लगातार नाचिने साकेला नाच पछिल्लो समय अन्यबेला पनि देखिन थालेको छ ।

साकेला भिलेजका सञ्चालक गणेश राई हरेक वर्ष बैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली आयोजना गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘गाउँघरमा नाचिने यो नाचनै हराउने चिन्ता भो । शहरमा आएर सबैले बिर्सेलान् भनेर सुरु गरेको हो ।’

राईले साकेला भिलेजमा १० वर्षदेखि साकेला नाच आयोजना गर्दै आएका छन् । ‘पहिले साकेला नाँच्नेहरू थोरै हुन्थे, त्यसबेला क्याफेमा भिड हुँदैनथ्यो । अहिले भिडले बस्ने ठाउँ हुँदैन’ । उनले भने । उनका अनुसार उँभौलीउँधौलीमा क्याफेमा व्यापार पनि धेरै हुन्छ । तर, व्यापारका लागि नगरेको साथीभाइसँग रमाइलो गर्दै कला र संस्कृति जोगाउन साकेला नाच सुरु गरेको हो ।

उँभौली नचाउने मुखिया कुमार राई नवीन ०४७ सालदेखि काठमाडौंमा साकेला नाच्न सुरु गरेको बताउँछन् । उनका अनुसार ललितपुरको सानो हात्तीवनमा भूमिपूजा गरेपछि वैशाख पूर्णिमामा उँधौली सुरु हुन्छ ।

०४७ सालतिर ललितपुरको हात्तीवन र नखिपोट र काठमाडौंको शन्तिनगरबाट सुरु भएको साकेला नाच आजकल शहरको कुना कुनामा पुगेको छ । राई भन्छन्, ‘हामीले सुरु गरेको साकेला नाच अहिले शहरको कुना कुना पुगेको छ । हामी भूमिको पूजा गर्छौ ।’ साकेला नाच्नेमा वृद्धवृद्धाहरुभन्दा तन्नेरीहरू ज्यादा थिए । डम्फु बचाएर कम्मर मर्काउँदै नाच्ने युवायुवतीहरू किरात भेषभुसामा सझिएका थिए । महिलाहरू नाक, कान, कपाल र गला पहेँलोनै हुने गरेर गहना लगाएका थिए ।

फेरिन थाले गरगहना
साकेलामा लगाइने गरगहना फेरिन थालेको पुजारी कुमार राई बताउँछन् । उनका अनुसार पहिले पहिले सक्कली गर हगना लगाइन्थ्यो । नाक, कान, घाँटी, कपाल र गलामा छपक्कै छोपिनेगरी सुनका गहना लागइन्थ्यो ।

तर, पछिल्लो समय युवा पुस्ताले परम्परागत भेषभुषालाई अङ्गाल्ने गरे पनि गहना भने नक्कली लगाउने गरेका छन् । राई भन्छन्, ‘महँगीको जमाना आयो । किन्न गाह्रो छ । त्यसैले नक्कली नै चलन चल्तीमा आएको छ ।’

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १ : १७ बजे

चोरी निकासी रोक्न सीमाक्षेत्रमा कडाइ

वीरगञ्ज– पर्सामा अवैध चोरी पैठारी र निकासी नियन्त्रण गर्न सुरक्षा

बढ्दैछ कांग्रेसमा नेतृत्व फेर्ने दबाब, विशेष महाधिवेशन बोलाउने पक्षमा उठ्यो सामूहिक आवाज

काठमाडौं- जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा देशको सबैभन्दा ठूलो दल नेपाली

‘रङ्गीन सपनाले सजिएको वाटरपार्क’

जानकी– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ मा अवस्थित वाटरपार्क दसैँ नजिकिँदै गर्दा

अत्यावश्यक सेवा रोकिँदैन : मुख्यमन्त्री आचार्य

राँझा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश अन्तर्गतका कार्यालयहरूबाट अत्यावश्यक

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

रौतहट– मौलापुर नगरपालिका-९ सोनारनियास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २५