तामाकोसी किनारमा पुरुषको शव फेला « Khabarhub

तामाकोसी किनारमा पुरुषको शव फेला


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चरिकोट– दोलखाको तामाकोसी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । तामाकोसी गाउँपालिका–५ किर्नेटार स्थित तामाकोसी नदिकिनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए । तामाकोसी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगी प्रहरीले अनुसन्धान गरी शव चरिकोटस्थित पशुपति चौलागाईँ स्मृति अस्पतालमा ल्याएर राखेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

फेला परेको शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । शव पूरै सडेको अवस्थामा फेला परेको र व्यक्तिको पहिचान भई नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले कोही व्यक्ति हराएको भए प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  २ : २५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु