स्टारडमको छायाँमा पटकथा | Khabarhub Khabarhub

स्टारडमको छायाँमा पटकथा



काठमाडौँ– साउथ इन्डियन फिल्मका ह्यान्डसम हिरो भनेर चिनिन्छन् महेश बाबु । उनको पछिल्लो फिल्म हो ‘सरकारू वारी पाटा’ फिल्म प्रदर्शन भइसकेको छ । आफ्नो फिल्मलाई साउथ इन्डियन भाषामा मात्र फस्ट रिलिज गर्ने नीति अनुरूप नै उनले यसपटक पनि अन्य भाषालाई महत्व दिएनन् । नर्थ इन्डियामा खासै रुचि नराख्ने महेशले आफ्नो फिल्म मार्फत यसपटक एउटा मुद्दा उठाएका छन् । 

हामीले प्राय खबरहरूमा सुन्ने गरेका छौँ, ट्याक्स छलेको वा नतिरेको । यस्तै, समेत व्यवसायीले आफूले बुझाउनु पर्ने ऋण नबुझाएको । यी यस्तै घटना समेटेर तयार भएको फिल्म हो, ‘सरकारू वारी पाटा’। बैंकले ऋण दिन्छ । ऋणको व्याज समयमा तिरेन भने जरिवाना गर्छ । बैंकले नियम अनुसार नै धितो राखिएको वस्तु लिलामी समेत गर्ने गर्छ । 

तर, यही नियम सबैमा लागू हुन्छ त ? यो प्रश्न फिल्मले उठाएको छ । ऋण तिर्न जति ताकेता सामान्य नागरिकलाई आउँछ, त्यति नै ठूला व्यवसायी वा घरानालाई आउँछ त ? यस्तै घटना फिल्ममा समेटिएको छ । एक सामान्य व्यक्ति बैंकको ऋणको चपेटामा परेर संसार समेत छोड्न बाध्य बन्न सक्छ तर ठूला पहुँचवाला त्यही ऋणलाई सामान्य ठानेर आनन्दसाथ जीविकोपार्जन गरिरहेका हुन्छन । फिल्मले मुख्यतया ऋणको चपेटामा परेको एक सामान्य परिवार , एक शक्तिशाली धनाड्य र एक बैंक कर्मचारीको कथालाई देखाएको छ । 

यी तीन बीचको भेदभावले जीविकोपार्जनमा निम्त्याउने असर नै फिल्मको कथासार हो । फिल्ममा महेश बाबु (महेश) ले सामान्य परिवार हुँदै शक्तिशाली बन्ने भूमिका निर्वाह गरेका छन् । उनको बाल्यकालमा पिताले लिएको ऋण तिर्न नसक्दा परिवारलाई बैंकको तनाव छ । घरमा आउने, लिलामी गर्ने धम्की दिने बैंकका कर्मचारीहरुकै कारण महेशका माता पिताले आत्महत्या गर्छन । बाल्यकालमै उनी एक्ला हुन्छन । 

आफ्नो पिता र मातालाई गुमाएका महेश घरबाट निस्किदै गर्दा बैंकको कर्मचारीहरू घर लिलामीमा तल्लिन हुन्छन । महेशलाई एक मास्टरले पढ्ने व्यवस्था मिलाउँछन् । उनलाई अनाथालयमा पढ्ने व्यवस्था मिलेको हुन्छ । ती मास्टरले व्यवस्था मिलाएपछि पढेर महेश अमेरिका पुग्छन् । त्यहाँ उनीसँग जोडिन्छन्, भेनेला किशोर (किशोर) । महेश र किशोर मिलेर फाइनान्स चलिरहेका हुन्छन् । 

आफ्नो पिता र माताले पैसाको अभावमा ज्यान गुमाउन बाध्य भएको अवस्थाबाट गुज्रिएका महेशले आफ्नो पैसा र व्याज समयमा नै उठाउने गरेका हुन्छन । यहीक्रममा भेट हुन्छ, कीर्ति सुरेश (कलावती) सँग । रमझममा मस्त रहेकी कलावतीले जुवामा केही पैसा हारेर तिर्न नसक्दा उनी ऋण लिन महेश कहाँ पुग्छिन् । आफूलाई भारतीय नारी र लाचार प्रदर्शित गरेकी कलावतीलाई महेशले मन पराउँछन् र सजिलै ऋण दिन्छन् । 

महेशले कलावतीलाई एकतर्फी माया गरेका हुन्छन । तर, कलावतीले महेशलाई ‘एटिएम’ सम्झेकी हुन्छिन् । यी दुईको बीचमा सही नै चलिरहेको हुन्छ । तर , एकदिन क्यासिनोमा महेशले कलावतीलाई देख्छन् । त्यसपछि उनको माया टुट्छ नै साथै उनले आफ्नो पैसा पनि फिर्ता माग्छन् । तर, कलावतीले पैसा फर्काउन मान्दिनन् । उनले आफ्नो पिता राजेन्द्रनाथसँग कुरा गराउँछिन् । 

महेशलाई धम्क्याएपछि उनी सिधै भारत आउँछन्  । महेश राजेन्द्र नाथको अफिसमा पुगेर उनको छोरीले लिएको १० हजार डलर फिर्ता गर्न आग्रह गर्छन । यद्यपि फिल्मका एन्टागोनिस्ट समेत रहेका राजेन्द्र नाथले मान्ने कुरै भएन । उनले नकार्छनफलतः महेशले सार्वजनिक रुपमा नै आफ्नो पैसा बाँकी रहेको उद्घोष गर्छन । यसले राजेन्द्र नाथको राजनीतिलाई असर गरिरहेको देखिन्छ । 

यसैकारण राजेन्द्र नाथले आरोप फिर्ता लिएर महेशलाई माफी माग्न आग्रह गर्छन । त्यसपछि उनले पैसा फर्काउने वाचा गर्छन । यसैका लागि पत्रकार सम्मेलन समेत आयोजना गरिन्छ । त्यो आयोजनामा महेशले १० हजार डलर नभई १० हजार करोड ऋण रहेको खुलासा गर्छन् । त्यो रकम कि त्यति धेरै हुन्छ? त्यसको ऋण चुक्ता राजेन्द्र नाथले गर्छन कि गर्दैनन् रु वा अमेरिकाबाट भारत आएका महेशले कसरी राजेन्द्र नाथसँग आफूलाई उभ्याउन सक्छन् ? बाँकी कथाका लागि फिल्म नै हेर्नु पर्छ । 

फिल्मलाई पर्शुरामले निर्देशन गरेका छन् । उनले यस अगाडि गीता गोविन्दम नामक फिल्म निर्देशन गरेका थिए । प्रेम कथाबाट सोसल कथामा आइपुगेका पर्शुरामले महेश बाबुलाई फिल्ममा चकलेटी र एक्सन अवतारमा प्रस्तुत गर्न खोजेका छन् । कथा उनले भालियो उठाएता पनि पटकथाले गर्दा दर्शक होल्ड नहुन सक्ने सम्भावना बढी छ । उनले ऋण लिने भिन्नतालाई वर्गसँग दाजेता पनि त्यसलाई पटकथामा राम्रो बुन्न सकेका छैनन् । साउथ इन्डियन फिल्मको फ्लेभरमा सोसल मुद्दालाई मिसाउँदा फिल्म नत साउथ इन्डियन जस्तो छ नत सोसल ड्रामा । फिल्मका एन्टागोनिस्ट महेशले अमेरिकासम्म कसरी यात्रा तय गर्छन भन्ने फिल्ममा देखाइएको छैन । निर्देशकले आफ्नो इच्छा अनुसार पात्रलाई स्थापित गरेका छन् । 

यसैले गर्दा फिल्मको सोसल मुद्दा भन्दा स्टारडम हावी भएको छ । महेश बाबुको स्टारडमले उनको क्यारेक्टरलाई छायाँमा पारेको छ । फिल्मकी एक्ट्रेस कीर्ति सुरेशको क्यारेक्टरलाई अमेरिकामा एरोगेन्ट देखाइएको छ । यद्यपि भारत आएपछि उनमा आउने परिवर्तनलाई ट्रिटमेन्ट निकै कम छ । यसले गर्दा पनि फिल्म हेरिरहँदा पात्रको स्वभावमा आउने परिवर्तनलाई ‘लिंक’ गर्न सकिन्न । 

महेशले आफ्नो अभिनय अघिल्ला फिल्म झैँ गरेका छन् । हेर्दा ह्यान्डसम देखिने महेशले अभिनयमा निखारता ल्याएका छैनन् । उनको मुडलाई फिल्मको सिङले व्याख्या गरेको छ । किनकी उनले दिने एक्सप्रेसन लगभग उस्तै छ । कीर्तिले आफ्नो भूमिकालाई केही हदसम्म न्याय गरेकी छिन् । अन्य पात्रले आफ्नो स्वभाव अनुसार अभिनय गरेका छन् । यद्यपि फिल्मको कनफ्लिक्ट अनुसार पटकथा कम्जोर हुँदा दर्शक कनेक्ट रुदैनन् । यो फिल्म महेश बाबुको फ्यान र साउथका दर्शक बाहेक अन्यलाई राम्रो नलाग्न सक्छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ४ : ५१ बजे

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।