रमेश भन्छन्, ‘फिल्म बनाउन हतार गर्दैनौँ’ « Khabarhub

रमेश भन्छन्, ‘फिल्म बनाउन हतार गर्दैनौँ’


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुराना अभिनेता निखिल उप्रेती र रमेश उप्रेतीले एकै फिल्ममा सहकार्य गर्ने भएका छन् । पछिल्लो समय  ‘मायाको जाल’ मा सँगै देखिएका यी दुई अभिनेताले फिल्ममा अभिनयसँगै निर्माण र निर्देशन समेत गर्ने भएका छन् । फिल्ममा लेखन र निर्देशन निखिलको रहने छ । फिल्ममा निखिल र रमेशले अभिनय गर्नेछन् । यद्यपि प्रोजेक्ट मेकिङ्गमा हतार नगरिने रमेशले बताए ।  

उनले फिल्मलाई बनाउन कुनै सम्झौता नगर्ने उल्लेख गर्दै नेपालीपन बोकेको फिल्म बनाउने बताए । फिल्म बनाउन हतार छैन ।  अहिले स्क्रिप्टको काम नै भइरहेको छ । हामीले स्तरीय फिल्म बनाउने सोच अनुसार काम गरिरहेका छौँ । अब दर्शक एडभान्स भइसकेका छन् । त्यसैले फिल्म हल्का रुपमा बनाउनु हुँदैन रमेशले भने ।  

उनले लेखनको काम सकाएर मात्र अन्य पक्षमा ध्यान दिने बताए । उनका अनुसार फिल्मको प्रि-प्रोडक्सनमा राम्रो समय लाग्ने छ ।  प्रोजेक्टलाई चाडवाड सकिएपछि फ्लोरमा लैजाने तयारीमा छन् । दशैँतिहार सकिए लगत्तै दशैँ पश्चात फिल्म फ्लोरमा जान सक्ने सम्भावना रहेता पनि हतार नगर्ने रमेशको भनाइ छ । ‘प्राविधिक कामहरू नसकिँदासम्म हतार गर्दैनौँ’ रमेशले भने । प्रि–प्रोडक्सन अन्तर्गत स्क्रिप्टसँगै कास्टिङ लगायतको काम समेत भइरहेको उनले बताए । रमेशले निर्माण तथा अभिनय गरेको पछिल्लो फिल्म ‘ऐश्वर्य’ ले राम्रो व्यापार गरेको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ५ : ०२ बजे

ओलीलाई पक्राउ गरेको विरोधमा आज पनि पोखरामा विरोध प्रदर्शन (तस्बिरहरू)

पोखरा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न