रमेश भन्छन्, ‘फिल्म बनाउन हतार गर्दैनौँ’ « Khabarhub

रमेश भन्छन्, ‘फिल्म बनाउन हतार गर्दैनौँ’


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुराना अभिनेता निखिल उप्रेती र रमेश उप्रेतीले एकै फिल्ममा सहकार्य गर्ने भएका छन् । पछिल्लो समय  ‘मायाको जाल’ मा सँगै देखिएका यी दुई अभिनेताले फिल्ममा अभिनयसँगै निर्माण र निर्देशन समेत गर्ने भएका छन् । फिल्ममा लेखन र निर्देशन निखिलको रहने छ । फिल्ममा निखिल र रमेशले अभिनय गर्नेछन् । यद्यपि प्रोजेक्ट मेकिङ्गमा हतार नगरिने रमेशले बताए ।  

उनले फिल्मलाई बनाउन कुनै सम्झौता नगर्ने उल्लेख गर्दै नेपालीपन बोकेको फिल्म बनाउने बताए । फिल्म बनाउन हतार छैन ।  अहिले स्क्रिप्टको काम नै भइरहेको छ । हामीले स्तरीय फिल्म बनाउने सोच अनुसार काम गरिरहेका छौँ । अब दर्शक एडभान्स भइसकेका छन् । त्यसैले फिल्म हल्का रुपमा बनाउनु हुँदैन‘ रमेशले भने ।  

उनले लेखनको काम सकाएर मात्र अन्य पक्षमा ध्यान दिने बताए । उनका अनुसार फिल्मको प्रि-प्रोडक्सनमा राम्रो समय लाग्ने छ ।  प्रोजेक्टलाई चाडवाड सकिएपछि फ्लोरमा लैजाने तयारीमा छन् । दशैँतिहार सकिए लगत्तै दशैँ पश्चात फिल्म फ्लोरमा जान सक्ने सम्भावना रहेता पनि हतार नगर्ने रमेशको भनाइ छ । ‘प्राविधिक कामहरू नसकिँदासम्म हतार गर्दैनौँ’ रमेशले भने । प्रि–प्रोडक्सन अन्तर्गत स्क्रिप्टसँगै कास्टिङ लगायतको काम समेत भइरहेको उनले बताए । रमेशले निर्माण तथा अभिनय गरेको पछिल्लो फिल्म ‘ऐश्वर्य’ ले राम्रो व्यापार गरेको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ५ : ०२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको