रमेश भन्छन्, ‘फिल्म बनाउन हतार गर्दैनौँ’ « Khabarhub

रमेश भन्छन्, ‘फिल्म बनाउन हतार गर्दैनौँ’


१९ जेष्ठ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुराना अभिनेता निखिल उप्रेती र रमेश उप्रेतीले एकै फिल्ममा सहकार्य गर्ने भएका छन् । पछिल्लो समय  ‘मायाको जाल’ मा सँगै देखिएका यी दुई अभिनेताले फिल्ममा अभिनयसँगै निर्माण र निर्देशन समेत गर्ने भएका छन् । फिल्ममा लेखन र निर्देशन निखिलको रहने छ । फिल्ममा निखिल र रमेशले अभिनय गर्नेछन् । यद्यपि प्रोजेक्ट मेकिङ्गमा हतार नगरिने रमेशले बताए ।  

उनले फिल्मलाई बनाउन कुनै सम्झौता नगर्ने उल्लेख गर्दै नेपालीपन बोकेको फिल्म बनाउने बताए । फिल्म बनाउन हतार छैन ।  अहिले स्क्रिप्टको काम नै भइरहेको छ । हामीले स्तरीय फिल्म बनाउने सोच अनुसार काम गरिरहेका छौँ । अब दर्शक एडभान्स भइसकेका छन् । त्यसैले फिल्म हल्का रुपमा बनाउनु हुँदैन‘ रमेशले भने ।  

उनले लेखनको काम सकाएर मात्र अन्य पक्षमा ध्यान दिने बताए । उनका अनुसार फिल्मको प्रि-प्रोडक्सनमा राम्रो समय लाग्ने छ ।  प्रोजेक्टलाई चाडवाड सकिएपछि फ्लोरमा लैजाने तयारीमा छन् । दशैँतिहार सकिए लगत्तै दशैँ पश्चात फिल्म फ्लोरमा जान सक्ने सम्भावना रहेता पनि हतार नगर्ने रमेशको भनाइ छ । ‘प्राविधिक कामहरू नसकिँदासम्म हतार गर्दैनौँ’ रमेशले भने । प्रि–प्रोडक्सन अन्तर्गत स्क्रिप्टसँगै कास्टिङ लगायतको काम समेत भइरहेको उनले बताए । रमेशले निर्माण तथा अभिनय गरेको पछिल्लो फिल्म ‘ऐश्वर्य’ ले राम्रो व्यापार गरेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ५ : ०२ बजे

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनता भेट्न मन्त्री जानुपर्छ : भूमिमन्त्री

चितवन– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची– हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिइँदै

रसुवा– नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका

तीन वर्षमा आठ प्रमुख शहरमा क्रिकेट रंगशाला निर्माण हुन्छ : मन्त्री लम्साल

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मुलुकका आठ

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने