गोप्य बिहे गर्नुको कारणबारे बोलिन् रेखा  « Khabarhub

गोप्य बिहे गर्नुको कारणबारे बोलिन् रेखा 


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय राजनीतिमा सक्रियता बढाएकी अभिनेत्री रेखा थापाले आफूले गोप्य विवाह गर्नुको कारण बारे बोलेकी छिन् । धेरै समय पश्चात फिल्मी कार्यक्रममा देखिएकी रेखाले कानुनी रुपमा साधारण शैलीमा बिहे गर्नुको कारण खुलाएकी छिन् । आफू समाज परिवर्तनको क्रान्तिमा हिँडेको कारण पनि तडकभडक शैलीमा विवाह नगरेको बताएकी हुन् । 

‘हामी कलाकारले चल्ने कदमको असर समाजमा पर्छ नै । त्यसकारण हाम्रो भनाइ र काम गराइको असर समाजमा नपर्ने किसिमको हुनु पर्छ । मैले आयातित संस्कारलाई छाडेर दुई परिवारको उपस्थितिमा सामान्य शैलीमा विवाह गरेकी हुँ’ रेखाले भनिन् । राजनीतिमा सक्रियता बढेसँगै विभिन्न ठाउँमा पुगेकी रेखाले तडकभडक शैलीले समस्या निम्त्याएको समेत बुझेको बताइन् । 

‘छोरीले रहर गरि अब अलिकति खेत बारी बेचेर भएपनि बिहे गर्दिन पर्‍यो भन्ने सम्म सुनेकी छु । मैले सामान्य विवाह गरेर एउटा सानो संदेश मात्र दिन खोजेकी हुँ । तर, सक्नेले वा गर्नेले गर्दा हुन्छ । यद्यपि त्यसको असर समाजमा कस्तो परिरहेको छ ? त्यो भने बिचार गर्नु जरुरि छ’ उनले भनिन् । उनले आफ्नो सिको गरेर सामान्य बाटो रोज्ने प्रेरणा मिलोस् भन्ने सोचेको बताइन् । रेखाले छोरी भएको घरको आमाको पीडा मैले बुझेको समेत बताइन् । 

रेखाले बिहे भनेको २ परिवारबीचको सम्बन्ध जोडिने भएकाले आफूले पनि त्यसै गरेको खुलाइन् । आफू बिहे गर्नु हुँदैन भन्ने सोचमा रहेपनि समाजको नियमलाई तोड्न नसकेको रेखाको तर्क छ । तर, बिहेपछि आफूमा काम गर्ने शक्ति अझै मिलेको रेखाले बताइन् ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ५ : १७ बजे

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी