गोप्य बिहे गर्नुको कारणबारे बोलिन् रेखा  « Khabarhub

गोप्य बिहे गर्नुको कारणबारे बोलिन् रेखा 


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय राजनीतिमा सक्रियता बढाएकी अभिनेत्री रेखा थापाले आफूले गोप्य विवाह गर्नुको कारण बारे बोलेकी छिन् । धेरै समय पश्चात फिल्मी कार्यक्रममा देखिएकी रेखाले कानुनी रुपमा साधारण शैलीमा बिहे गर्नुको कारण खुलाएकी छिन् । आफू समाज परिवर्तनको क्रान्तिमा हिँडेको कारण पनि तडकभडक शैलीमा विवाह नगरेको बताएकी हुन् । 

‘हामी कलाकारले चल्ने कदमको असर समाजमा पर्छ नै । त्यसकारण हाम्रो भनाइ र काम गराइको असर समाजमा नपर्ने किसिमको हुनु पर्छ । मैले आयातित संस्कारलाई छाडेर दुई परिवारको उपस्थितिमा सामान्य शैलीमा विवाह गरेकी हुँ’ रेखाले भनिन् । राजनीतिमा सक्रियता बढेसँगै विभिन्न ठाउँमा पुगेकी रेखाले तडकभडक शैलीले समस्या निम्त्याएको समेत बुझेको बताइन् । 

‘छोरीले रहर गरि अब अलिकति खेत बारी बेचेर भएपनि बिहे गर्दिन पर्‍यो भन्ने सम्म सुनेकी छु । मैले सामान्य विवाह गरेर एउटा सानो संदेश मात्र दिन खोजेकी हुँ । तर, सक्नेले वा गर्नेले गर्दा हुन्छ । यद्यपि त्यसको असर समाजमा कस्तो परिरहेको छ ? त्यो भने बिचार गर्नु जरुरि छ’ उनले भनिन् । उनले आफ्नो सिको गरेर सामान्य बाटो रोज्ने प्रेरणा मिलोस् भन्ने सोचेको बताइन् । रेखाले छोरी भएको घरको आमाको पीडा मैले बुझेको समेत बताइन् । 

रेखाले बिहे भनेको २ परिवारबीचको सम्बन्ध जोडिने भएकाले आफूले पनि त्यसै गरेको खुलाइन् । आफू बिहे गर्नु हुँदैन भन्ने सोचमा रहेपनि समाजको नियमलाई तोड्न नसकेको रेखाको तर्क छ । तर, बिहेपछि आफूमा काम गर्ने शक्ति अझै मिलेको रेखाले बताइन् ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ५ : १७ बजे

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम