रवीसँग बेनिशाको ‘सुन माया’ सार्वजनिक (भिडियो) | Khabarhub Khabarhub

रवीसँग बेनिशाको ‘सुन माया’ सार्वजनिक (भिडियो)


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक रवी ओड र गायिका बेनिशा पौडेलको आवाजमा रहेको  ‘सुन माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ ।  गरिमा फिल्मस्ले तयार पारेको भिडियोलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरू शुभम् आचार्य र योगिशा खत्री फिचर छन् । भिडियोमा उनीहरूबीचको टिनएज प्रेमलाई देखाइएको छ । भिडियोमा नवराज उप्रेतीको छायांकन र विकास दाहालको सम्पादन छ ।

गीत सार्वजनिक कार्यक्रममा गीतकार तथा संगीतकार भट्टले यसपटक भिडियोमा आफूहरूले फरक गर्ने प्रयास गरेको बताए । उनले भने, ‘प्रायः म्युजिक भिडियोमा  उमेर पुगेका कलाकारहरूले अभिनय गर्ने गरेका छन् । यसपटक टिनएजका युवा-युवतीलाई अभिनय गराउने सोचअनुसार हामीले भिडियो तयार गरेका हौं । भिडियोले गीतलाई न्याय गरेको छ ।’  

त्यस्तै, कलाकार आचार्यले आफ्नो बाल्यकालदेखि नै नृत्य र अभिनयमा रुचि रहेको बताउँदै अहिले त्यो सपना साकार हुँदै गएकोमा खुशी व्यक्त गरे । उनले भिडियोमा काम गर्दा रमाइलो भएको अनुभव सुनाए । योगिशाले राम्रो गीतमा राम्रो टिमसँग काम गर्न पाउँदा खुशी महसुस भएको बताइन् । भिडियोमा उनीहरूको नृत्य गर्ने शैली र एक्सप्रेसन आकर्षक छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ५ : ३७ बजे

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१