रवीसँग बेनिशाको ‘सुन माया’ सार्वजनिक (भिडियो) « Khabarhub

रवीसँग बेनिशाको ‘सुन माया’ सार्वजनिक (भिडियो)


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक रवी ओड र गायिका बेनिशा पौडेलको आवाजमा रहेको  ‘सुन माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा गोविन्द भट्टको शब्द तथा संगीत रहेको छ भने विशाल निरौलाको एरेञ्ज छ ।  गरिमा फिल्मस्ले तयार पारेको भिडियोलाई देवेन्द्र पान्डेले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरू शुभम् आचार्य र योगिशा खत्री फिचर छन् । भिडियोमा उनीहरूबीचको टिनएज प्रेमलाई देखाइएको छ । भिडियोमा नवराज उप्रेतीको छायांकन र विकास दाहालको सम्पादन छ ।

गीत सार्वजनिक कार्यक्रममा गीतकार तथा संगीतकार भट्टले यसपटक भिडियोमा आफूहरूले फरक गर्ने प्रयास गरेको बताए । उनले भने, ‘प्रायः म्युजिक भिडियोमा  उमेर पुगेका कलाकारहरूले अभिनय गर्ने गरेका छन् । यसपटक टिनएजका युवा-युवतीलाई अभिनय गराउने सोचअनुसार हामीले भिडियो तयार गरेका हौं । भिडियोले गीतलाई न्याय गरेको छ ।’  

त्यस्तै, कलाकार आचार्यले आफ्नो बाल्यकालदेखि नै नृत्य र अभिनयमा रुचि रहेको बताउँदै अहिले त्यो सपना साकार हुँदै गएकोमा खुशी व्यक्त गरे । उनले भिडियोमा काम गर्दा रमाइलो भएको अनुभव सुनाए । योगिशाले राम्रो गीतमा राम्रो टिमसँग काम गर्न पाउँदा खुशी महसुस भएको बताइन् । भिडियोमा उनीहरूको नृत्य गर्ने शैली र एक्सप्रेसन आकर्षक छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ५ : ३७ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड