अछाममा जिससका लागि एमालेबाट भण्डारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता « Khabarhub

अछाममा जिससका लागि एमालेबाट भण्डारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा जिल्ला समन्वय समितिका लागि एमालेबाट प्यानलसहित उम्मेदवारी दर्ता भएको छ । जेठ २१ गते हुने जिल्ला समन्वय समितिको निर्वाचनको लागि एमालेले दुर्गाप्रसाद भण्डारीको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको एमाले अछामका अध्यक्ष चन्द्र बोहराले बताए । मंगलसेन नगरपालिका वडा नम्बर ६ बाट वडा सदस्यमा निर्वाचित भण्डारीलाई पार्टीले सिफारिस गरेपछि समन्वय प्रमुखमा उम्मेदवारी दर्ता गरिएको हो । दुई पालिका प्रमुख र ४ पालिका उपप्रमुख जितेको एमालेले गठबन्धनविरुद्ध प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । 

नेकपा एमालेका तर्फबाट समन्वय समिति उपप्रमुखमा पुतली रावलको उम्मेदवारी दर्ता भएको छ । यसैगरी सदस्यमा भूपेन्द्र महता, भानसिंह साउद, बज्जीर थापा, सुरत कामी, जमुना बिक, झुप्री कुमारी केसी र निर्मला भुलले उम्मेदवारी दर्ता गरेको एमाले जिल्ला सचिव भीमबहादुर रावलले जानकारी दिए ।  कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट नेपाली कांग्रेसले प्रमुख, उपप्रमुखसहित ७ सदस्य तथा माओवादी केन्द्र र एकीकृत समाजवादीले एक/एक सदस्य पाएका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ५ : ४२ बजे

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम