काठमाडौँ– बलात्कार आरोपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा बहस सकिएको छ । न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवैतर्फका वकिलहरूले बहस सकिएको हो ।
बहस सकिएपछि आदेशको तयारी भइरहेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए । ‘आजलाई बहस सकिएको छ,’ उनले भने, ‘आदेश पनि आज नै आउँला ।’ पल शालको ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गरेका थिए । उच्च अदालत पोखरामा शाहको तर्फबाट वकिलहरुले निवेदन दिएका थिए । १५ चैतमा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी सरेको थियो ।
प्रतिक्रिया