सफ्टवेयरको सोर्स कोड चोरी गरी बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ  « Khabarhub

सफ्टवेयरको सोर्स कोड चोरी गरी बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ 


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले सफ्टवेयरको सोर्स कोड (कम्‍प्युटर स्रोत संकेत) चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका १ किहुँ घर भएका ३५ वर्षीय सन्तोष सिग्देल रहेका छन् । उनले ललितपुर सानेपामा म्‍याट्रिक्स सफ्टेक प्रालि सञ्चालन गर्दै आएका छन् । 

‘राजस्व व्‍यवस्थापन’ नामक सफ्टवेयरको सोर्स कोड चोरी गरी बौद्धिक सम्‍पत्तिमा आघात पुर्‍याएको भन्‍दै प्रहरीको साइबर ब्‍यूरोले पक्राउ परेको हो । उनले उक्त सफ्टवेयरको सोर्स कोड चोरी गरी विभिन्‍न स्थानीय तहमा बिक्री गर्दै आएका थिए । 

पक्राउ परेका सिग्देलविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्‍यूरोले जनाएको छ । 

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ७ : २४ बजे

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।

अपराध प्रमाणित भए फिर्ता हुन्छन् खगेन्द्र सुनुवार, उनको कार्यशैलीलाई लिएर पार्टीभित्र छटपटी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार डेन्जर जोनमा छन्।

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर