दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’ « Khabarhub

दुधे बालक काखमा, पैतालाबाट रगत ! निरुताको रहस्यमय अवतारमा ‘सारथि’


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री निरुता सिंहलाई दर्शकले यसपटक बिल्कुलै फरक र गम्भीर भूमिकामा देख्न पाउने भएका छन्। उनको नयाँ फिल्म ‘सारथि’ को सार्वजनिक प्रोमोले यस्तै संकेत गरेको छ, जहाँ काखमा दुधे बालक बोकेकी निरुताको गम्भीर अनुहार र पैतालाबाट बगिरहेको रगतले दर्शकमाझ फिल्मको कथाबारे जिज्ञासा बढाएको छ।

किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको प्रोमो बच्चाको रोदनबाट सुरु हुन्छ। त्यसपछि देखिने निरुताको रहस्यमय प्रस्तुतिले फिल्ममा उनले निर्वाह गरेको चरित्रप्रति चासो बढाउँछ। प्रोमोले कथावस्तु स्पष्ट नपारे पनि यसमा भावनात्मक र गम्भीर विषय समेटिएको संकेत गर्छ।

कुमार गजुरेलको निर्देशनमा बनेको फिल्म आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा निरुतासँगै उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापालगायत कलाकारको अभिनय छ।

म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको फिल्म संकल्प भुजेलले खिचेका हुन्। किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्मित फिल्मका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्। रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत छ। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ११ : ३७ बजे

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।