सुदूरपश्चिम प्रदेश सरकारले जेठ २२ गते नीति तथा कार्यक्रम ल्याउने | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेश सरकारले जेठ २२ गते नीति तथा कार्यक्रम ल्याउने


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशमा यही जेठ २३ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ । 

जेठ १७ गतेदेखि बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको हो । नीति तथा कार्यक्रम प्रदेश प्रमुख देशावर जोशीले प्रस्तुत गर्ने छन् । प्रदेश सभाको दसौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । बिहीबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपराह्न ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे सभामा जानकारी दिएका थिए । 

बिहीबार बसेको प्रदेशसभाको चौथो बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले छलफलका लागि पेस गरेको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि थप छलफल भएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ७ : २८ बजे

दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका

प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु

दोलखा – प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा

अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ। जिल्लाको