मूल्यवृद्धिको विरोधमा राप्रपाले आन्दोलन गर्ने « Khabarhub

मूल्यवृद्धिको विरोधमा राप्रपाले आन्दोलन गर्ने


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनजीविकासँग जोडिएको मूल्यवृद्धि लगायतका विभिन्न विषयलाई लिएर त्यसका विरुद्धमा आन्दोलन गर्ने भएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा दुई दिनसम्म सञ्चालन गरेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचार, महँगी, मलखादलगायत जनजीविकाका सम्बन्धमा आन्दोलन सञ्चालन गर्ने केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले त्यसको विरुद्धमा आन्दोलन गर्न बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालनका लागि धवलशमशेर राणा, कुन्तीकुमारी शाही, गोपाल दाहाल, ज्ञानेन्द्र शाही र प्रदेश प्रमुखहरु सदस्य रहेको समिति गठन गरेको जानकारी दिए ।

स्थानीय तहको निर्वाचनको परिणाम र लोकप्रिय जनमतको जगमा उभिएर आगामी प्रदेश र सङ्घको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने, तीन तहको सङ्घीयता नभइ केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने भएकाले आगामी निर्वाचनमा सो विषयलाई राप्रपाले जोडदार माग गर्ने उनले बताए ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ११ : ०७ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ