राजा वीरेन्द्रको २१औँ स्मृति दिवसमा दीप प्रज्वलन « Khabarhub

राजा वीरेन्द्रको २१औँ स्मृति दिवसमा दीप प्रज्वलन


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शान्तिप्रेमी राजा वीरेन्द्र शाहको २१औँ स्मृतिसभा गरिएको छ । वीरेन्द्र शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको स्मृतिसभामा वीरेन्द्रको शालिकमा माल्यार्पण तथा उनले मुलुकको विकासमा पुर्‍याएको योगदानबारे समीक्षा गरिएको थियो ।

जागरण सञ्चारगृहका अध्यक्ष रञ्जित धमलाले प्रजातन्त्रका पक्षधर राजा वीरेन्द्रको शासनकालमा मुलुकलाई शान्ति क्षेत्र घोषणा गर्न गरिएका प्रस्ताव, जनमत सङ्ग्रह, प्रजातन्त्र पुनःबहाली जस्ता कार्यले उनी दूरदर्शी कूटनीतिज्ञ र विकासप्रेमी भएको विचार व्यक्त गरे ।

वीरेन्द्रले राष्ट्रप्रति गरेको योगदानको उच्च कदर गर्दै देशमा स्थायी शान्ति र राजनीतिक स्थायित्व राख्नु नै उनीप्रतिको सम्मान हुने उनले बताए । प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले विश्वशान्तिका ज्योति भगवान् बुद्ध जस्तै नेपालको शान्ति क्षेत्र र विकासका लागि राजा वीरेन्द्रको योगदान पनि उच्च रहेको बताए ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले नारायणहिटी सङ्ग्रहालय अगाडि राजा वीरेन्द्रको २१औँ स्मरणमा दीप प्रज्वलन गरेको छ । पार्टीका केन्द्रीय सदस्य सरस्वती अधिकारीले देशभक्त र जनताप्रेमी राजा वीरेन्द्रको अभाव सधैँ खड्किरहेको भन्दै उनले प्रजातान्त्रिक आदर्शका साथै सम्पूर्ण सम्पत्तिको रक्षा गर्नु राज्यको दायित्व भएको बताइन् ।

पार्टीका नेता सुन्दर पाण्डेले वीरेन्द्रले शान्ति र विकासका निमित्त राष्ट्रलाई दिएको त्याग र योगदानको उच्च मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए । विसं २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको सपरिवारका साथै अन्य सदस्यसमेतको हत्या भएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ११ : २१ बजे

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा

सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी– पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं– वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित