यु १९ महिला विश्वकप छनोट: नेपालले भोलि कतारविरुद्ध खेल्ने | Khabarhub Khabarhub

यु १९ महिला विश्वकप छनोट: नेपालले भोलि कतारविरुद्ध खेल्ने


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यु–१९ महिला टी–२० विश्वकप छनोटमा नेपालले कतारविरुद्ध मैदान उत्रिँदै प्रतियोगिताको सुरुआत गर्दैछ ।

प्रतियोगिता अघि मलेसिया उठ्नुअघि नेपाली टिमले शीर्षस्थानमा रहने योजना बनाएको छ ।

शुक्रबार (भोलि) बाट सुरु हुने प्रतियोगितामा ६ राष्ट्र सहभागी रहेको छ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउने छ ।

प्रतियोगितामा नेपालसँगै मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, भुटान र कतार सहभागी छन् ।

नेपालले शनिबार युएईविरुद्ध, सोमबार भुटानविरुद्ध, मंगलबार थाइल्यान्डसँग र बिहीबार मलेसियासँग खेल्ने तालिका छ ।

नेपाली टिममा कृतिका मरासिनी (कप्तान), स्नेहा महरा, शृष्टि जैसी, मनीषा उपाध्याय, अञ्जलि बिक, मनीषा रानामगर, अलिषा यादव, साना प्रविन, रन्जु श्रेष्ठ, आस्मा पुलामीमगर, सानु राजवंशी, किरण कुँवर, अनु कडायत र सुस्मिता भुषाल रहेका छन् ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ११ : ३४ बजे

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको

दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका

प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु

दोलखा – प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा