हुबहु प्रश्नपत्र दोहोरिएको विषयमा त्रिभुवन विश्वविद्यालयले छानबिन गर्ने « Khabarhub

हुबहु प्रश्नपत्र दोहोरिएको विषयमा त्रिभुवन विश्वविद्यालयले छानबिन गर्ने


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानबिन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्रा डा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानबिन गर्ने बताए ।

मानविकी सङ्कायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहोर्‍याएको थियो ।

“के कारणले गत वर्षको प्रश्नपत्र दोहोरियो भन्नेमा हामी छानविन गर्दछौँ”, उनले भने, “भविष्यमा यस्ता गल्ती नदोहोरिने गरी हामी अगाडि बढ्छौँ ।”

उनले गत वर्षकै प्रश्नपत्र पनि यसपटक परीक्षामा हुबहु समावेश गर्नु गल्ती भएको बताए । “हामीले विज्ञ समूहलाई प्रश्नपत्र बनाउने जिम्मा दिन्छौँ। विज्ञ समूहले जहिले पनि दुई सेट प्रश्नपत्र बनाएर दिनुहुन्छ”, उनले भने, “त्यहीमध्ये एउटा सेट प्रश्नपत्र परीक्षाका लागि समावेश गर्दा गत वर्षकै दोहोरिएको हो ।”

साठी पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सबै गत वर्षमा नै सोधिएका प्रश्नपत्रसँग हुबहु मिलेको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ११ : ५९ बजे

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीन वटा सवारीसाधन एकआपसमा ठोक्किँदा

सम्झौता गरेर काम सुरु नगर्ने १९ निर्माण कम्पनीलाई स्पष्टीकरण

खोटाङ– भौतिक पूर्वाधार विकास कार्यालयले सम्झौता गरेको दुई महिना बितिसक्दा

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु

गण्डकी– पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत

औषधिको ‘प्रमोसन’ गर्नेलाई कार्यालय समयभित्र वीर अस्पताल प्रवेशमा निषेध

काठमाडौं– वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित