दैलेखका ४३ किसान पुरस्कृत | Khabarhub Khabarhub

दैलेखका ४३ किसान पुरस्कृत


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख – व्यावसायिक रूपमा कृषि पशुपालन गरेको भन्दै दैलेखका ४३ उत्कृष्ट किसान पुरस्कृत भएका छन् । व्यावसायिक रूपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएका ४२ जना किसान र एउटा सहकारी पुरस्कृत भएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले उत्कृष्ट किसानहरूलाई प्रोत्साहन तथा सम्मान गरेको हो । कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत भैरवी गाउँपालिका–७ को उज्यालो साना किसान सहकारी संस्था २० हजार रुपैयाँ नगद पुरस्कारसहित मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट सम्मानित भएको छ । यस्तै किसान प्रोत्साहनतर्फ ३१ जना किसान नगद पुरस्कार सहित सम्मानित भएका छन् ।

सम्मानित हुने किसानहरूमा राना कृषि तथा पशुपक्षी फर्मका रोहितकुमार राना, प्रेमबहादुर खड्का, जनकबहादुर कटुवाल, नवराज जैसी, माधवप्रसाद जैसी, सिता अधिकारी, जयबहादुर थापा, लोकबहादुर बोगटी, पृथ्वीबहादुर बस्नेत, हरिबहादुर बस्नेत, तीर्थराज बस्नेत, टोपबहादुर बोगटी छन् । यस्तै गगनबहादुर बस्नेत, तिलबहादुर बस्नेत, विष्णुबहादुर बस्नेत, गगनबहादुर आले, कृष्णबहादुर आरसी, विनोद रोकाय, रतनबहादुर शाही, सम्झना बुढा, दीपक केसी किसान प्रोत्साहनतर्फ नगदसहित सम्मानित भएका छन् ।

 प्रोत्साहनतर्फ भैँसी पालन समेत गरिरहेको दुल्लु नगरपालिका–२ को नरेश्वर उद्यमशील आधारभूत विद्यालय समेत ३० हजार रुपैयाँ सहित सम्मानित भएको छ । त्यसै गरी ठाटीकाँध गाउँपालिका–६ को न्यू देउती कृषि तथा पशुपक्षी फर्म सञ्चालक नेमबहादुर विष्ट, आठबीस नगरपालिका–३ को जैसी कृषि तथा पशुपक्षी फर्म, भैरवी गाउँपालिका–७ को आचार्य कृषि तथा पशुपक्षी पालन फर्म, झरना कृषि तथा पशुपक्षी पालन फर्म समेत प्रोत्साहन कार्यक्रम अन्तर्गत नगदसहित सम्मानित भएका छन् । प्रोत्साहन कार्यक्रमबाटै किसानहरू रमा लामिछाने, नन्दा थापा, झलक प्रसाद पौड्याल, शान्ता शाही र र लछुमन बुढा समेत सम्मानित भएका छन् ।

 मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार अन्तर्गत कर्णबहादुर शाही, टेकबहादुर थापा, पदमबहादुर बूढा, रुद्ध प्रसाद सुवेदी, भवानीप्रसाद भट्टराई, रमादेवी शाही, नैनबहादुर रोकाय, कृष्णलाल जैसी, दीपक बीसी, किशोरकुमार थापा र शेरबहादुर सिजापति नगदसहित पुरस्कृत भएका हुन् । उनीहरूलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

 जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले व्यावसायिक रूपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएर पुरस्कृत एवं सम्मानित भएका किसानहरूले टोल छिमेकका अन्य घरपरिवारलाई समेत कृषि पेसामा आबद्ध गराउन पहल गर्नुपर्ने बताए ।

 पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख भिमबहादुर विष्टले उत्कृष्ट कृषक प्रोत्साहन तथा सम्मान कार्यक्रमका लागि आवेदन पेस गरेका किसानहरूको घरघरमा पुगेर अनुगमन गरेपछि मापदण्ड पुगेका आधारमा छनौट गरी पुरस्कृत एवं सम्मान गरिएको बताए । प्रमुख विष्टले कार्यालयले प्रमुख तीन वटा कार्यक्रमलाई प्राथमिकता दिएर सञ्चालन गरिरहेको जानकारी दिए । कार्यालयबाट व्याज अनुदान, लागत साझेदारी, लक्षित वर्ग विशेष कार्यक्रम सञ्चालन गरिएको प्रमुख विष्टले बताए ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ११ : २९ बजे

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु

रौतहट– रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा

गत वर्ष ३९ अर्ब बढीको धान–चामल आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) २०८१–०८२ मा ठूलो परिमाणमा धान-चामल

नेपालको निर्यातमा ऐतिहासिक वृद्धि : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको

डाक्टरको मनपरी विज्ञापन, नियामक निकाय गर्दैन अनुगमन

काठमाडौं– सरकारी तथा गैरसरकारी चिकित्सकले आफ्नो विज्ञापन गर्न पाउँदैनन् ।

चालीस अर्ब बढीको मोबाइल र ल्यापटप आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा ४० अर्ब