बच्चालाई दूध खुवाउँने आमालाई फाइदै फाइदा « Khabarhub

बच्चालाई दूध खुवाउँने आमालाई फाइदै फाइदा


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

डा. विमला मल्ल

आमाको पहिलो बिगौती दूध शिशुका लागि अमृत समान हुन्छ। जसले धेरै रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ। आमाको दूधमा किटाणु नाशक तत्वहरू हुन्छन्। तर, अझै पनि यो चेतना नहुँदा बच्चा जन्मेपछि आउने पहिलो दूधलाई मिल्काउने गरिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा धेरैजसो देशमा स्तनपानको अवस्था सन्तोषजनक छैन।

आमाको दूधले शिशुको स्वास्थ्यमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। तर, पछिल्लो समय आफ्नो सुन्दरता बिग्रन्छ भनेर धेरै जनाले शिशुलाई दुध नखुवाउने गरेको पाइन्छ। गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ। पहिलो बिगौती दूध शिशुका लागि अमृत समान हुन्छ जसले शिशुमा धेरै रोगसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ। शिशु जन्मेपछि स्तनपान गर्न पाउनु नैसर्गिक अधिकार हो।

तर, पछिल्लो समय केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने जस्ता गलत धारणा रहेको पाइन्छ। शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूती हुनुका साथै गौरव महसुस हुने गर्छ।

स्तनपान किन गराउने ?
पहिलेको समयमा स्तनपान गराउँदा शिशुको स्वास्थ्य राम्रो हुने भनेर स्तनपान गराएको पाइन्थ्यो। तर अहिले नयाँ ट्रेन्ड भएर हो या आमाहरु व्यस्त भएर हो स्तनपान नगराएको पाइन्छ। धेरै आमा एक दुई महिनामा अफिस जाने भएकाले पनि शिशुलाई चाहिने जति स्तनपान नगराएको पाइन्छ।

आमाको दूधमा डाइरीया, बमीटीङ रोक्न सक्ने क्षमता हुन्छ। गाईको दुध खुवाउँदा डाइरिया, बमीटीङ हुने सम्भावना हुन्छ। शिशुलाई स्तनपान गराउँदा आमासँगको सबन्ध आत्मिय हुन्छ, साथै बच्चालाई हाइपरथर्मीयाबाट बचाउँछ। आमाको दूधले शिशुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउछ र विभिन्न रोग हुन पाउदैन।

स्तनपान नगराउने चलन
हामीले शिशुजन्मेपछि जहिले पनि पेसेन्टलाई ब्रेस्ट फिडिङ गराउन भन्छौं। सकेसम्म हामी बोतल फिडिङलाई अभोइड गर्छौ। हामीले शिशु जन्मेपछि कसरी ब्रेस्ट फिडिङ गराउने, कुन पोजिसनमा राखेर गराउने भन्ने कुरा सम्झाउँछौ। ब्रेस्ट फिडिङ नेचुरल हुन्छ, शिशुलाई चाहिएको बेला हामीले फिडिङ गर्न सक्छौं।

कति जनाले दूध आएन भन्नुहुन्छ। शिशुले आमाको दूध चुस्यो त्यतिनै दूध आउने हो। त्यसैले शिशुलाई धेरै भन्दा धेरै दूध चुसाउनु पर्छ। हामीले यो सबै कुरा परिवारको सबै जनालाई राखेर बुझाउने पनि गर्छौ।

स्तनपान गराउनु र बोतलको दूध खुवाउनुमा फरक
आमाको दूधले शिशुलाई विभिन्न रोगबाट बचाउँछ। आमासँग सम्बन्ध राम्रो हुनुको साथै आत्मियता बढ्छ। आमाको दूधले रोगबाट लड्न सक्ने क्षमता प्रदान गर्छ। बोतल फिडिङ गर्दा बच्चालाई इन्फेक्सन हुने सम्भावना हुन्छ।

राम्रोसँग बोतल सफा गरेको छैन भने धेरै प्रकारका संक्रमण लाग्ने गर्छ। आमाको दूध शिशुलाई कम्तिमा ६ महिनासम्म खुवाउनु पर्छ। तर, बाहिर काम गर्ने आमालाई गाह्रो हुन्छ। कुनै आमाले शिशुलाई अफिसमा लगेर दूध खुवाउने गरेका हुन्छन। कुनै अफिसमा शिशुलाई राख्ने ठाउँ पनि हुन्छ।

त्यहाँ आमा आएर एक दुई घण्टाको फरकमा दूध खुवाउने गर्छन्। त्यो सम्भव भएन भने बिहान घरमा आमाको दूध दुहेर घरमा राखेर फेरि तताएर पनि खुवाउन मिल्छ। तर, सकेसम्म बोेतल फिडिङ गराउनु हुँदैन।

आमाको दूध नआउने कारण
आमाको दूध नआउने भनेको शिशुलाई दूध नखुवाएर हो। शिशुलाई जति दूध खुवायो त्यति दूध आउँछ। तर, आमालाई डाइबिटीज, हाइपरटेन्सन, हाइपरथाइराडिज्म, डिप्रेशन छ, ब्रेन ट्युमर छ र औषधि खाइरहेको छ भने दूध आउँदैन। यो अवस्थामा चिकित्सकले नै नखुवाउनु भनेर सल्लाह दिन्छन्। कसैले कडा एन्टिबायोटिक खाएको छ भने २, ३ हप्ता दूध नखुवाउन भनिन्छ। तर, केही नभएको अवस्थामा आमाले जतिसक्दो शिशुलाई दूध खुवाइरहनु पर्छ। साथै आमाले ज्वानोको झोल, जेरी, घिउ खाँदा पनि दूध आउने हुन्छ।

शिशुलाई कुन दूध खुवाउदा राम्रो
शिशुलाई आमाको दूध भन्दा राम्रो अरु केही हुँदैन। तर, आमाको दूध आउदै नआएमा सब्चिच्युट दिनुपर्ने हुन्छ। ल्याक्टोजीन , गाईभैसीको दूध खुवाउनुपर्छ। तर, अरु दूध खुवाए पनि शिशुलाई आमाको दूध चुसाइरहनु पर्छ। शिशुले दूध चुस्यो भने आमाको पाठेघर पनि ठिक ठाउँमा जान्छ। विस्तारै ब्लिडिङ पनि कम हुन्छ। जति शिशुलाई दूध खुवायो आमालाई गर्भनिरोधको साधन पनि प्रयोग गर्नु पर्दैन। नेचुरल फयाम्ली प्लानिङ हुन्छ।

दूध खुवाएपछि ब्रपिङ गराउनु पर्छ
शिशु जन्मिएपछि हामीले कसरी दूध खुवाउने भनेर सिकाउछौ। शिशुलाई देब्रेतिर राखेर एउटा हातमाथि एउटा हात तल पारेर दूध खुवाउनुपर्छ भनेर सिकाएर पठाउँछौ।

शिशुलाई दूध खुवाउपछि ढाडमा मसाज गरेर ब्रपिङ गराउनुपर्छ। अनि मात्र शिशुलाई सुताउनुपर्छ। यदि शिशुले खाएको दूध निकाल्यो भने शिशुलाई राम्रो हुँदैन।

स्तनपानले आमालाई धेरै फाइदा
आमाले शिशुलाई दूध खुवाउदा आमालाई ब्रेस्ट क्यान्सर हुनबाट बचाउँछ। आमालाई मानसिक तथा शारीरीक रुपमा सन्तुष्टि प्राप्त हुन्छ। आमाको पाठेघर पनि छिटो आफ्नो ठाउँमा जान्छ, जसले गर्दा पाठेघरमा समस्या हुन दिदैन्।

ब्लिडिङ पनि कम हुन्छ। जसले गर्दा उनीहरुको आफ्नो काम सहज हुन्छ। ब्रेस्ट फिडिङ इज बेस्ट फर द वेवी भनेर सबैले बुझ्नुपर्छ। तर, जन्मान्तर भने पाँच, छ वर्षको राख्दा राम्रो मानिन्छ। (पोषणाविद् डा. मल्लसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : ४९ बजे

पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपरासी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी

नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका– २ शान्तिनगरमा एक युवती

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता

हुम्ला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४