१२औँ  राष्ट्रपति रनिङ शिल्ड : चन्दननाथ प्रथम, हिमा द्वितीय « Khabarhub

१२औँ  राष्ट्रपति रनिङ शिल्ड : चन्दननाथ प्रथम, हिमा द्वितीय


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– १२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा चन्दननाथ प्रथम, हिमा गाउँपालिका द्वितीय र पातारासी गाउँपालिका तृतीय भएका छन् ।

१५ देखि १७ असारसम्म भएको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति जुम्लाले गरेको हो । प्रतियोगितामा जुम्लाका आठमध्ये सात स्थानीय तहको सहभागिता थियो । गुठीचौरले भने सहभागिता जनाएको थिएन ।

जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगीता आचार्यका अनुसार  ६ विधामा खेल खेलाइएको थियो । यसमा सबैभन्दा बढी चन्नदननाथ र त्यसपछि हिमा गाउँपालिकाले उपाधि जितेको छ । हिमा गाउँपालिकाले एथ्लेटिक्स प्रतियोगिताको  शिल्ड जितेको छ ।  मार्चपासमा पातारासी गाउँपालिका प्रथम भएको छ ।  यसैगरी पातारासीले पुरुष भलिबल प्रतियोगिता जित हात पारेको थियो भने कनकसुन्दरी द्वितीय भएको थियो ।

महिला भलिबल प्रतियोगितामा कनकसुन्दरी गाउँपालिका प्रथम भएको छ भने द्वितीय चन्दननाथ नगरपालिका भएको छ । कबड्डीमा चन्दननाथ प्रथम, कनकसुन्दरी गाउँपालिका द्वितीय भएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ११ : १४ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै