माओवादी विद्यार्थी संगठन फुटयो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति « Khabarhub

माओवादी विद्यार्थी संगठन फुटयो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लामो विवादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः विभाजन भएको छ ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा गरेसँगै सो संगठन विभाजन भएको हो ।

‘अध्यक्षज्यूको समुहले विधान विपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपे पछि हामीले आपत्ति जनाउँदै आएका थियौं तर उहाँले कुनै अनुरोध मान्नु भएन,’ असन्तुष्ट समुहका उपदेश यादवले भने, ‘संगठनलाई विधान बमोजिम अघि बढाउनका लागि हामीले १ सय ९९ सदस्यीय आयोजक समिति निर्माण गरेका हौं ।’ उनका अनुसार सो आयोजक समितिले संगठनलाई विधान बमोजिम काम कारवाही गराउन र सम्मेलनको तयारी गर्नेछ ।

बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसबाट घोषणा हुने उक्त नयाँ कमिटीमा असन्तुष्ट पक्षका देशैभरीका विद्यार्थी नेताहरूको समर्थन रहेको यादवले दाबी गरेका छन ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ११ : ३९ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान