डिलाशैनी  गाउँपालिकाको बजेट ६२ करोड ३५ लाख ५९ हजार « Khabarhub

डिलाशैनी  गाउँपालिकाको बजेट ६२ करोड ३५ लाख ५९ हजार


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रबार आर्थिक वर्ष २०७९/८०को बजेट सार्वजनिक गरेको छ । पालिकाले आर्थिक वर्ष ०७९/८० का लागि ६२ करोड ३५ लाख ५९ हजार रकमको बजेट ल्याएको हो । 

बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए । उनले भने ‘हामीले बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेका छौँ । कृषि र पशु पालनलाई व्यवसायिकरण गरेर नागरिकको आर्यआर्जन वृद्धि गर्न बजेट छुट्याएका छौँ’ । आर्थिक विकासको योजनालाई प्राथमिकता दिएको उनले बताए । 

गाउँपालिकामा चिकित्सकीय सेवा प्रदान गर्न एक जना डाक्टर र एक जना जनस्वास्थ्य अधिकृतको व्यवस्था गरिने बजेटमा उल्लेख छ । माध्यमिक तहका १२ ओटै विद्यालयमा एक एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । विद्यालयमा स्वास्थ्यकर्मी कार्यक्रमअन्तर्गत विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गरिने समेत उल्लेख छ । यसैगरी, स्वास्थ्य स्वयसेविकाहरूलाई विशेष भत्ता सुविधासहित परिचालन गर्ने कार्यक्रम बजेटमा उल्लेख रहेको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १ : १३ बजे

काठमाडौं महानगरले धरहराको नयाँ संरचनामा पार्किङ व्यवस्थापन गर्ने

काठमाडौं– धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको

४१ दलले आयोगमा बुझाए चुनावी घोषणापत्र

काठमाडौं- आसन्न प्रतिनिधिसभा निर्वाचनमा होमिएका मध्ये ४१ वटा दलले पार्टीको

जीवन बदलिने आशामै छन् बोटे समुदाय

मध्यविन्दु– बोटे समुदाय परम्परागत पेसामै निर्भर छन् । पुस्तौँदेखि माछा

राजा वीरेन्द्रको शालिकमा रास्वपा कार्यकर्ताको अभद्र व्यवहार, राप्रपाले जनायो कडा आपत्ति

बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशले दाङको तुलसीपुरस्थित वीरेन्द्र

राष्ट्र बैंकले ‘ग्लोबल मनी विक’ चैत २ देखि ८ गतेसम्म मनाउने

काठमाडौं– बालबालिका र युवामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सञ्चालन