पञ्चदेवल नगरपालिकाले बयालपाटा अस्पताललाई दियो पाँच लाख अनुदान « Khabarhub

पञ्चदेवल नगरपालिकाले बयालपाटा अस्पताललाई दियो पाँच लाख अनुदान


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– अछामको पञ्चदेवल विनायक नगरपालिकाले बयालपाटा अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाले अस्पतालको व्यवस्थापनका लागि पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको हो । पञ्चदेवल विनायक नगरपालिकाले दिएको यो रकम अस्पतालको व्यवस्थापनमा खर्च हुने नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलले बताए । 

दुर्गम क्षेत्रमा सञ्चालनमा आएको अस्पताललाई सहयोग पुगोस् भनेर अनुदान प्रदान गरिएको नगरपालिका–६ का वडा अध्यक्ष कमल रावलले जानकारी दिए ।  सन् २००७ मा स्थापना भएको अस्पतालले कालीकोट, अछाम, दैलेख, डोटी र बाजुरा जिल्लाका बिरामीको उपचार गर्ने गरेको छ । 

दुर्गममा रहेको अस्पतालले हाल बाहिरंग सेवा, २४सै घण्टा अन्तरंग, आकस्मिक, प्रयोगशाला तथा एक्सरे सेवाहरू प्रदान गर्दै आइरहेको छ भने शल्यक्रियामार्फत प्रसुति सेवा, हर्निया तथा हाइड्रोसिल र एपेन्डिक्स आकस्मिक सर्जरी, हाडजोर्नीका सर्जरी निःशुल्क प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १ : १७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना