सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता | Khabarhub Khabarhub

सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच आज भेटवार्ता भएको छ ।  अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा सभामुख सापकोटाले अजरबैजानले असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलन सफलरुपमा आयोजना गरेकोमा बधाई ज्ञापन गरेका थिए । उनले असंलग्न आन्दोलनका आदर्श महत्वपूर्ण भएको उल्लेख गर्दै यसका आदर्श र एजेन्डाप्रति अजरबैजानले जनाएको प्रतिबद्धताको प्रशंसा गर्नुभएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । 

सभामुख सापकोटाले अन्तर्राष्ट्रिय एकताको प्रयासबाट मात्र विश्वव्यापी चुनौतीको समाधान गर्न सकिने धारणा राख्नुभएको थियो । अजरबैजानसँग नेपालको लामो कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै उहाँले २०७२ सालको भूकम्प पछिको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । भेटमा अजरबैजानका सभामुख गफारोवाले नेपालको सभामुखसहितको प्रतिनिधिमण्डललाई आफ्नो देशमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै सहभागिता र सम्बोधनका लागि आभार व्यक्त गरेका थिए  ।

यसअघि स्पेनमा भएको अन्तर व्यवस्थापिका सङ्घको बैठकका क्रममा भएको भेट स्मरण गर्दै गफारोवाले नेपालसँग संसदीय मैत्री समूह बनाउन अजरबैजानको संसद् तयार रहेको बताए । सो अवसरमा नेपाली प्रतिनिधिमण्डलका सदस्य पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक सहभागी थिए । बाकुमा जारी सम्मेलनमा सहभागी हुन यही असार १४ गते त्यसतर्फ प्रस्थान गर्नुभएका सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल यही असार १९ गते साँझ नेपाल फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ३ : १५ बजे

प्रचण्डको दाबी- कालापानी-लिपुलेकबारे भारतसँग सिधासिधा कुरा गर्ने प्रधानमन्त्री मै हुँ

विराटनगर- प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती