यस्तो छ ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर (भिडियो)  « Khabarhub

यस्तो छ ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर (भिडियो) 


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर शनिबार दर्शकमाझ ल्याइएको छ । चर्चित जोडी पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ३१ असारदेखि देशव्यापी प्रदर्शनमा हुँदैछ । निमेष प्रधान लिखित तथा निर्देशित फिल्मको पौने तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको सम्मिश्रण देखिन्छ । चिया बगानका मजदुरको समस्यालाई पनि ट्रेलरमा प्राथमिकता दिइएको छ । दार्जिलिङ, सिल्गुढी, सिक्किमलगायतका रमणीय स्थानमा खिचिएको फिल्मको ट्रेलरमा सबै प्रमुख  कलाकारहरु–आकाश, पूजा, सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणालाई अटाइएको छ ।

फिल्म प्रदर्शनको मिति नजिकिँदै जादा निर्माण पक्षले प्रचारप्रसारलाई निकै सशक्त बनाएको छ । अद्वितीय प्रधानको प्रस्तुति, रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको फिल्मका सार्वजनिक दुई गीत–‘परेलीमा लुकाउँछु’ र ‘हाँस्ने खेल्ने बेलैमा’ अहिले दर्शकश्रोता माझ चर्चित छन् । आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना बिर्सना’ शिव ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । फिल्मका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ ।

कमल राई र रामजी लामिछानेको कोरियाग्राफी रहेको फिल्मको बितरण आरआर फिल्मस्ले गर्दैछ । दर्शकले निकै मन पराएको पूजा र आकाशको जोडी करिब चार बर्षको अन्तरालपछि पुनः यही फिल्ममार्फत ठूलो पर्दामा आउँदैछन् । 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ५ : ०८ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा