रासायनिक मलको अभावका कारण किसान समस्यामा | Khabarhub Khabarhub

रासायनिक मलको अभावका कारण किसान समस्यामा


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लामा रोपाइँ सुरु भए पनि रासायनिक मलको अभावका कारण किसानलाई समस्या भएको छ । यहाँका किसानले मलबिना नै रोपाइँ गर्न बाध्य भएका छन् । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित भएका छन् । किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रासायनिक मल पाएका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित भएका छन् । भारतबाट मल आयात नभएका कारण जिल्लामा मलको आपूर्ति गर्न नसकिएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जनाएको छ ।

प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका अनुसार जिल्लामा कम्तीमा पनि १० हजार ८९८ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ । निर्देशनालयका अनुसार जिल्लामा हालसम्म २५ प्रतिशत खेतमा मात्रै रोपाइँ भएको छ । रोपाइँ गर्ने बेलामा समेत युरिया मल नपाएपछि धानखेती खासै नसप्रिने भन्दै किसान चिन्तित बन्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी कर्णबहादुर कठायतले बताए ।

उनले भने, ‘खेती लगाउने बेलामा पनि मल पाइँदैन, अनि कसरी खेती सप्रिन्छ, खेती गरेर पनि खान नमिल्ने भयो ।’ वर्षात् सुरु भई यहाँका विभिन्न ठाउँमा धान रोपाइँ सुरु भएको छ । रोपाइँ गर्नका लागि अहिले यहाँका किसानलाई भ्याइनभ्याइ भएका बेला मल अभाव हुनु भनेको दुःखको कुरो भएको दिपायल पिपल्लाका अर्का स्थानीयवासी सुरजबहादुर विकले बताए । 

उनले भन्नुभयो, ‘अरु चिज दिन नसकेनी खेती लगाउने बेला मल त दिनुपर्छ नी, मल पनि दिन नसक्ने कमजोरी कसको ?’ जिल्लामा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मलको व्यवस्थापन नगर्दा अहिले मल अभावको समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ । रोपाइँ सुरु हुँदासमेत मल नपाएको र जेठ महिनामा रोपाइँ गरिएका खेतमा अहिलेसम्म मल हाल्न नपाएका कारण धानबाली खासै नसप्रिएको शिखर नगरपालिका–२ कालागाढका किसान रामबहादुर दमाईँले बताए ।

जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ भने सुरु गरेका हुन् । केही दिनयता जिल्लामा वर्षा भइरहेकाले किसानलाई धान रोपाइँमा सहज भएको छ । प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका वरिष्ठ अधिकृत यज्ञराज जोशीले डोटीसहित समग्र सुदूरपश्चिममा रासायनिक मल अभाव भएकाले प्राङ्गारिक मलको प्रयोग गरी मल अभावलाई पूर्ति गर्न सुझाव दिएका छन्  ।

 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ५ : २८ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले