काठमाडौँ– अभिनयमा पोख्त अभिनेता विपिन कार्कीलाई पछिल्लो समय रकमी बनिरहेको आरोप लागिरहेको छ । क्यारेक्टरको लागि पारिश्रमिकको वेवास्ता गर्ने विपिन आजभोली महँगो पारिश्रमिकका लागि जुनै फिल्म गर्न तयार छन् भन्ने आरोप छ । किनकी उनले पछिल्लो समय छड्के र पशुपति प्रसादको सिक्वेल पारिश्रमिक नमिल्दा छोडेका छन् । यद्यपि विपिनले फिल्म छाड्नुको कारण समय नमिलेको र स्क्रिप्ट चित्त नबुझेको बताए ।
‘मैले फिल्म नगर्नुको कारण पैसा नभएर समय र स्क्रिप्ट हो । म एउटा समयमा एउटा फिल्म मात्र गर्न सक्छु । यो समय मैले प्रसादको सिक्वेललाई दिए । अरु फिल्मकर्मी रिसाउनु भएको छ । मेरो फिल्म नगर्ने पख्लास् भन्नु हुन्छ होला’ विपिनले भने । उनले कथावस्तु मन परेकै कारण ‘रातो सुटकेस’ नामक फिल्म विना पारिश्रमिक गरेको पनि प्रस्ट्याए । उनले छड्के र पशुपति प्रसादको सिक्वेल कथावस्तु चित्त नबुझेको कारण छाडेको बताए ता पनि पारिश्रमिक कारक रहेको फिल्मसँग जोडिएका सदस्यको दाबी छ ।
उनले आफू स्क्रिप्ट, क्यारेक्टर, निर्देशक र टिमको आधारमा कुन फिल्ममा काम गर्ने भनेर छनोट गर्ने बताए। उनले आफूलाई वैशाखसम्म कुनै फिल्मको अफर नगर्न बताए। ‘मलाई अहिले फिल्मको अफर धेरै आउँछ । आउँदो वर्षको बैशाखसम्म मेरो सेड्यूल प्याक छ’ उनले भने ‘अहिलेलाई फिल्मको अफर नगरिदिनुहोला ।’
प्रतिक्रिया