पाकिस्तानमा स्वतन्त्रता दिवसको अवसरमा ‘आँप महोत्सव’ को आयोजना « Khabarhub

पाकिस्तानमा स्वतन्त्रता दिवसको अवसरमा ‘आँप महोत्सव’ को आयोजना


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा ‘आँप महोत्सव’ आयोजना गरिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले राजधानी इस्लामावादमा शुक्रबार आँप महोत्सवको आयोजना गरेको हो ।

स्वतन्त्रता दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने सिलसिलामा आँप महोत्सव आयोजना गरिएको अधिकारीहरूले जनाएका छन् ।पाकिस्तानको कुटनीतिमा आँप कूटनीति चर्चित रहेकाले विदेश मन्त्रालयले आँप महोत्सव आयोजना गरेको उनीहरूको भनाई छ ।  पाकिस्तानका विदेश मन्त्री बिलावाल भुट्टो जर्दारीले आँप महोत्सवले आँपको उत्पादन र आँप कूटनीति प्रर्वद्धन गर्न सहयोग पुगेको विश्वास व्यक्त गरे । पाकिस्तानको आँप विश्वभरि नै चर्चित मानिन्छ । 

विदेश मन्त्री जर्दारीले पाकिस्तानको आँपको गुणस्तर, स्वाद, विविधता र उत्पादनको मात्रा बढाउन पनि महोत्सवले प्रोत्साहन गरेको दावी गरे । ‘हामीलाई विश्वास छ की पाकिस्तानको आँप विश्वमै रुचाइएको र लोकप्रिय छ,’ मन्त्री जर्दारीले बताए । 

महोत्सवमा झण्डै २०० प्रकारका आँप राखिएको थियो । ती आँप विश्वका धेरै देशमा निर्यात हुने गरेको पनि मन्त्रालयले जनाएको छ । महोत्सवमा विदेशी कूटनीतिज्ञ र पाकिस्तानमा रहेका अन्य विदेशीहरूसँग स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।
पाकिस्तानमा अहिले ७५ औँ स्वतन्त्रता दिवस मनाइएको छ । पाकिस्तानमा हरेक वर्षको अगस्ट १४ मा स्वतन्त्रता दिवस मनाइन्छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ५ : ३५ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर