न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने | Khabarhub Khabarhub

न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू गरेको छ । राज्य सरकारले टाइम्स स्क्वायरलगायत धेरै सार्वजनिक स्थानमा बन्दुकमा प्रतिबन्ध लगाएको छ भने बन्दुक राख्ने अनुमतिका लागि आवेदकहरूलाई उनीहरूको प्रहार गर्ने प्रवीणता प्रमाणित गर्न तथा सामाजिक सञ्जालका खाताहरू समीक्षाका लागि सरकारी अधिकारीसमक्ष पेश गर्नुपर्ने कानून पारित गरेको छ ।

न्यूयोर्कका डेमोक्र्याट नेताहरूले राज्य सरकार र अदालतको निन्दा गर्दै जति धेरै बन्दुक बोकेका मानिस हुन्छन् त्यति नै धेरै बन्दुक हिंसाका घटना बढ्ने टिप्पणी गरेका छन् । सार्वजनिक सुरक्षाका नाममा त्यसो गर्न नहुने उनीहरूको अभिमत छ ।
गत साता सर्वोच्च अदालतको ऐतिहासिक निर्णयले बन्दुक हिंसा नियन्त्रण गर्नेसम्बन्धी कानुन पारित गर्न बाध्य पारेपछि बोलाइएको आकस्मिक बैठकले उक्त कानुन अनुमोदन गरेको हो । 

अमेरिकी संविधानले हरेक नागरिकलाई आत्मरक्षाको लागि सार्वजनिक बन्दुक बोक्ने अधिकार प्रत्याभूत गरेको छ ।  सन् १९११ मा न्यूयोर्क राज्य सरकारले आत्मरक्षाका निम्ति बन्दुक राख्न पाउने संवैधानिक प्रावधानलाई अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ६ : ०० बजे

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती

जनार्दनले भने- प्रचण्डकै कार्यशैलीले नेकपा फुट्यो, आफ्नै बुद्धिले कुरो बिग्रियो

बुटवल- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले