न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने « Khabarhub

न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू गरेको छ । राज्य सरकारले टाइम्स स्क्वायरलगायत धेरै सार्वजनिक स्थानमा बन्दुकमा प्रतिबन्ध लगाएको छ भने बन्दुक राख्ने अनुमतिका लागि आवेदकहरूलाई उनीहरूको प्रहार गर्ने प्रवीणता प्रमाणित गर्न तथा सामाजिक सञ्जालका खाताहरू समीक्षाका लागि सरकारी अधिकारीसमक्ष पेश गर्नुपर्ने कानून पारित गरेको छ ।

न्यूयोर्कका डेमोक्र्याट नेताहरूले राज्य सरकार र अदालतको निन्दा गर्दै जति धेरै बन्दुक बोकेका मानिस हुन्छन् त्यति नै धेरै बन्दुक हिंसाका घटना बढ्ने टिप्पणी गरेका छन् । सार्वजनिक सुरक्षाका नाममा त्यसो गर्न नहुने उनीहरूको अभिमत छ ।
गत साता सर्वोच्च अदालतको ऐतिहासिक निर्णयले बन्दुक हिंसा नियन्त्रण गर्नेसम्बन्धी कानुन पारित गर्न बाध्य पारेपछि बोलाइएको आकस्मिक बैठकले उक्त कानुन अनुमोदन गरेको हो । 

अमेरिकी संविधानले हरेक नागरिकलाई आत्मरक्षाको लागि सार्वजनिक बन्दुक बोक्ने अधिकार प्रत्याभूत गरेको छ ।  सन् १९११ मा न्यूयोर्क राज्य सरकारले आत्मरक्षाका निम्ति बन्दुक राख्न पाउने संवैधानिक प्रावधानलाई अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ६ : ०० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर