'प्रसाद सङ्ख्यात्मक रुपमा मात्र अगाडि बढ्दैन्'  | Khabarhub Khabarhub

‘प्रसाद सङ्ख्यात्मक रुपमा मात्र अगाडि बढ्दैन्’ 


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘प्रसाद २’ राम्रो टिमको हातमा परेको लेखक सुशील पौडेलले बताएका छन् । उनले आफूले राम्रो टिम पाएको फिल्म राम्रो बन्नेमा विश्वस्त रहेको बताए । ‘केही उतारचढावलाई पार गर्दै फिल्म बन्ने घोषणा भएको छ । जे भएका थिए राम्रो कै लागि भए । डेब्यु प्रसाद झैँ यसको सिक्वेलमा पनि यो टिम पाउँदा कन्फीडेन्ट लेबल बढेको छु लेखक पौडेलले भने । 

उनले सिक्वेललाई ‘प्रसाद’ को व्याज खानकै लागि नल्याएको बताए । ‘हामीले प्रसादलाई जहाँ सकाएका थियौँ , कथा त्यहीबाट अगाडि बढ्छ । यसले प्रसादको लिगेसीलाई अगाडि बढाउँछ । यो प्रोपर सिक्वेल होस् भन्नेमा ध्यान दिएका थियौँ’ उनले भने । जातीय विभेद र निस्सन्तान हुनुको पीडा भोगेका बाबुराम परियार र  नारायणी कार्की १२ वर्षपछि गाउँ फर्किएपछिको कथालाई फिल्ममा देखाइने लेखक पौडेलले जनाए । ‘बाबुराम र नारायणी गाउँ किन फर्किए ? के भोग्लान् ? के गर्लान् ? के होला त ? यी यस्तै जिज्ञासालाई सिक्वेलले मेटाउने छ’ उनले भने । 

आउँदो तिहारलाई प्रदर्शन लक्षित गरिएको फिल्मका प्रस्तुतकर्ता सुभास थापा हुन भने निर्माता केशव पाण्डे । फिल्ममा विपिन कार्की, अर्पण थापा, नम्रता श्रेष्ठको अभिनय रहनेछ । फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ६ : १४ बजे

श्रमदानमा दुई दशकअघि बनेको शहीद मार्गमा स्मृतिद्वार

सुनसरी – सुनसरीको इटहरीदेखि पश्चिम लागेपछि पकली आइपुग्छ । पकलीबाट

ट्रम्प–ट्यारिफको प्रभाव : साझेदार खोज्दै भारतीय उद्योगी नेपालतिर

काठमाडौँ – अमेरिकाले चर्को भन्सार महसुल (ट्यारिफ) लगाएपछि उत्पादन र

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती

जनार्दनले भने- प्रचण्डकै कार्यशैलीले नेकपा फुट्यो, आफ्नै बुद्धिले कुरो बिग्रियो

बुटवल- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले