‘प्रसाद सङ्ख्यात्मक रुपमा मात्र अगाडि बढ्दैन्’  « Khabarhub

‘प्रसाद सङ्ख्यात्मक रुपमा मात्र अगाडि बढ्दैन्’ 


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘प्रसाद २’ राम्रो टिमको हातमा परेको लेखक सुशील पौडेलले बताएका छन् । उनले आफूले राम्रो टिम पाएको फिल्म राम्रो बन्नेमा विश्वस्त रहेको बताए । ‘केही उतारचढावलाई पार गर्दै फिल्म बन्ने घोषणा भएको छ । जे भएका थिए राम्रो कै लागि भए । डेब्यु प्रसाद झैँ यसको सिक्वेलमा पनि यो टिम पाउँदा कन्फीडेन्ट लेबल बढेको छु लेखक पौडेलले भने । 

उनले सिक्वेललाई ‘प्रसाद’ को व्याज खानकै लागि नल्याएको बताए । ‘हामीले प्रसादलाई जहाँ सकाएका थियौँ , कथा त्यहीबाट अगाडि बढ्छ । यसले प्रसादको लिगेसीलाई अगाडि बढाउँछ । यो प्रोपर सिक्वेल होस् भन्नेमा ध्यान दिएका थियौँ’ उनले भने । जातीय विभेद र निस्सन्तान हुनुको पीडा भोगेका बाबुराम परियार र  नारायणी कार्की १२ वर्षपछि गाउँ फर्किएपछिको कथालाई फिल्ममा देखाइने लेखक पौडेलले जनाए । ‘बाबुराम र नारायणी गाउँ किन फर्किए ? के भोग्लान् ? के गर्लान् ? के होला त ? यी यस्तै जिज्ञासालाई सिक्वेलले मेटाउने छ’ उनले भने । 

आउँदो तिहारलाई प्रदर्शन लक्षित गरिएको फिल्मका प्रस्तुतकर्ता सुभास थापा हुन भने निर्माता केशव पाण्डे । फिल्ममा विपिन कार्की, अर्पण थापा, नम्रता श्रेष्ठको अभिनय रहनेछ । फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ६ : १४ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान