ललितपुर एमालेद्वारा १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासन « Khabarhub

ललितपुर एमालेद्वारा १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासन


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– गएको स्थानीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने र उनीहरूको पक्षमा उभिने १० जना नेता कार्यकर्तालाई ललितपुर एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन निर्णय गरेको छ । 

ललितपुर एमालेको १, २ र ३ क्षेत्रको जिल्ला कमिटी भेलाको निर्णयपछि उनीहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । पार्टीले निष्कासन गरेकाहरूमा विनोद ताम्रकार, पुरुषोत्तम खड्का, बुद्धलक्ष्मी महर्जन, बाबुरत्न महर्जन, मंगल तामाङ, वीरबहादुर तामाङ, दानरत्न मानन्धर, रामबहादुर केसी, सुन्दर खड्का र शिवराम खड्का रहेका छन् । 

पार्टी जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले गत असार ४ गते बसेको जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले स्थानीय निर्वाचन २०७९ को संक्षिप्‍त प्रारम्भिक समीक्षा गरी मातहत कमिटीबाट समीक्षा प्राप्त भएपश्चात् पूर्ण समीक्षा गर्ने निर्णय गरेको बताएका थिए । उनले त्यसैबेला जिम्मेवार नेताहरूलाई आ-आफ्नो कार्यक्षेत्रमा रचनात्मक ढंगले लागू गराउन विभिन्न सर्कुलर जारी गरेको गरेका थिए ।

यसैगरी विगतमा पार्टी महाकाल गाउँपालिकाको इन्चार्ज रहेकी विमला दुलालले जिम्मेवारी बमोजिम समय प्रदान गरी कामको व्यवस्थापन गर्न नसकेको मूल्याङ्कन सहित उनलाई सो जिम्मेवारीबाट हटाई महाकाल गाउँपालिका सहइन्चार्ज श्याम शर्मा बजगाईँलाई इन्चार्जको जिम्मेवारी तोकेको छ । बैठकले मातहत कमिटीहरूलाई स्थानीय तह निर्वाचन समीक्षा बैठक आगामी असार २० सम्म सम्पन्न गरी २२ गतेसम्ममा अनिवार्य जिल्ला कमिटीमा प्रतिवेदन पेस गर्न सर्कुलर जारी गरेको छ । 

उक्त कमिटीलाई समीक्षा बैठकमा निर्वाचन तयारी तथा परिचालन, नेता कार्यकर्ताको जिम्मेवारी र भूमिका, गठबन्धनको अवस्था र अवसरसँग पार्टीको सहकार्यको अवस्था, अन्तर्विरोध र अन्तर्घातका सम्बन्धमा गम्भीर छलफल गर्न सर्कुलर जारी गरिएको छ ।  

स्थानीय तह र वडाबाट आएको प्रतिवेदनका आधारमा अन्य नेताहरूलाई पनि कारबाहीको तयारी भएको एक जिल्ला नेताले बताए । यसैगरी पार्टी जिल्ला कमिटीले २०७९ चैत सम्मको पार्टी सदस्यता नवीकरण यही असार मसान्त सम्म गरिसक्न समेत सबैमा अपिल जारी गरेको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : ४८ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर